यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
सारांश
- मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ, जसमा देशभर वर्षाको सम्भावना रहेको छ।
- कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ, भने केही स्थानमा धेरै भारी वर्षाको चेतावनी दिइएको छ।
- विभागले नदी र खोलानाला आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ किनकि वर्षाको कारणले गर्दा बाढी आउन सक्छ।
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनका लागि देशभरको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। महाशाखाले शनिबार राति सार्वजनिक गरेको बुलेटिन अनुसार देशका विभिन्न भू-भागमा अझै पनि अविरल वर्षाको प्रभाव रहनेछ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रही बाँकी भू-भागमा साधारण बदली रहनेछ। ती प्रदेशका पहाडी र तराई भू-भागमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा पर्ने सम्भावना रहेको विभागले जनाएको छ।
त्यस्तै, कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। कोशी, मधेश र बागमतीका एक–दुई स्थानमा धेरै भारी वर्षा पर्ने सम्भावना पनि रहेको विभागको भनाइ छ।
यसैगरी आइतवार दिउँसो कोशी, मधेश र बागमती प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रहनेछ। ती प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा पनि वर्षा हुने सम्भावना छ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा भारी र एक–दुई स्थानमा धेरै भारी वर्षा हुने चेतावनी दिइएको छ।
राति भने देशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। ती भू-भागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ भने कोशी र बागमतीका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यसैगरी सोमबार दिउँसो कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। ती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी र तराई भू-भागका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
राति भने देशका अधिकांश भू-भागमा मौसम सुधार हुँदै जानेछ। पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने र कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भागमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने सम्भावना विभागले जनाएको छ।
विभागले विशेषगरी पहाडी र तराई क्षेत्रका नदी, खोलानाला आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण