रौतहटको लाल बकैया नदीको बाँध भत्कियो, बस्तीमा बाढीको उच्च जोखिम
सारांश
- लगातारको वर्षाले रौतहटको लाल बकैया नदीको बाँध फुटेको छ।
- नदीमा पानीको बहाव बढेकाले आसपासका बस्ती डुबानमा पर्ने जोखिम छ।
- स्थानीयबासीले मर्मतको अभाव र तत्काल सुरक्षाको माग गरेका छन्।
रौतहट। लगातारको वर्षाले गर्दा रौतहटको मौलापुर नगरपालिका–१, मर्यादपुर नजिक लाल बकैया नदीको बाँध फुटेपछि आसपासका बस्तीमा बाढी पस्ने उच्च जोखिम सिर्जना भएको छ।
जल तथा मौसम विज्ञान विभागले अविरल वर्षाका कारण नदीमा पानीको बहाव तीव्र गतिमा बढिरहेको र तल्लो भूभागका बस्ती डुबानमा पर्न सक्ने चेतावनी दिएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले बाँध फुटेको पुष्टि गर्दै अहिले पनि नदीमा पानीको प्रवाह खतराको सङ्केतभन्दा दुई मिटर मात्र तल रहेको जानकारी दिएका छन्। योसँगै मौलापुर-१ र २ सहित आसपासका कृषियोग्य जमिन र बस्ती डुबानमा पर्न सक्ने खतरा बढेको छ।
स्थानीयवासीका अनुसार समयमै मर्मत नहुँदा बाँध कमजोर बनेर फुटेको हो। स्थानीय सरोकारवालाहरूले तत्काल आपत्कालीन मर्मत कार्य सुरु गर्न र प्रभावित बस्तीलाई सुरक्षित स्थानमा सार्ने तयारी गर्न प्रशासनसँग माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण