बाढी पहिरोका कारण अवरुद्ध छन् यी सडक
सारांश
- अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरो आई सडक सञ्जाल अवरुद्ध भएको छ।
- सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ भने दैनिक उपभोग्य सामानको ढुवानीमा समस्या आएको छ।
- ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा लगायतका जिल्लाहरूमा सडक अवरुद्ध भएका छन्।
काठमाडौँ । अविरल वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी पहिरोका कारण सडक सञ्जाल अवरुद्ध भएको छ। यसबाट जनजीवन प्रभावित हुनुका साथै दैनिक उपभोग्य सामानको ढुवानीमा समेत समस्या आएको छ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–६ मेहेलेमा सडक पहिरोले अवरुद्ध भएको छ। त्यस्तै सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ माडीखोरला सडक, सोलुखुम्बुको सदरमुकाम सडक खण्ड र ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–५ बलुवामा सडक पहिरोका कारण अवरुद्ध भएका छन् ।
सिरहाको सगरमाथा राजमार्गअन्तर्गत लहान–ठाडी सडक खण्ड, धनुषाको धनुषा–सिन्धुली सडक खण्ड र महोत्तरीको बर्दिवास–जनकपुर सडक खण्ड अवरुद्ध रहेका छन् ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्याङबुचेमा सडक पनि बाढीका कारण अवरुद्ध रहँदै आएको छ । त्यस्तै सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मा सडक अवरुद्ध भएको छ भने काभ्रेको भुम्लु गाउँपालिका–१ को सडक अवरुद्ध छ।
यता मकवानपुर स्थित हेटौँडा–कुलेखानी सडक खण्ड, चितवनको भरतपुर–ठोरी सडक खण्ड, ललितपुरको महांकाल गाउँपालिका–५ स्थित सडक, धादिङको गजुरी गाउँपालिका–४ र ५ मा पनि सडक अवरुद्ध रहेको छ । सिन्धुलीको फिकलडाँडा–पाङ्रङ सडक खण्ड पनि पहिरोको कारण अवरुद्ध रहेको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण