विपद्मा सशस्त्र प्रहरी: १३५ गोताखोर र ३ हजार ९ सय जना तालिम प्राप्त जनशक्ति परिचालन
सारांश
- सशस्त्र प्रहरी बलले विपद् उद्धारका लागि हरेक युनिटबाट ३५ जनाको फौज परिचालन गरेको जनाएको छ।
- मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाअन्तर्गत ७,६१५ जनशक्ति तयारी अवस्थामा राखिएको छ, जसमा गोताखोर र तालिमप्राप्त जनशक्ति छन्।
- विभिन्न स्थानमा १ सय २९ वटा बोट तैनाथ गरिएको छ भने १ लाख ६८ हजार ६ सय ९५ जना विपद् सूचकहरूसँग समन्वय गरिएको छ।
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले आफ्ना हरेक युनिटबाट ३५ जनाको फौज विपद् उद्धारमा परिचालन गरेको जनाएको छ । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग्विजय सुवेदीले जल तथा मौसम विज्ञान विभागले एक साता अगावै पूर्वानुमान गरेअनुरुप सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताए ।
मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८२ अन्तर्गत रहेर सशस्त्र प्रहरी बल, नेपालका सम्पूर्ण जनशक्तिहरूलाई स्ट्याण्डबाइ राखिएको उनले जानकारी दिए । कुल नेपालभर सात हजार ६ सय १५ जनशक्तिलाई तयारी अवस्थामा राखेको र जसमा १ सय ३५ जना गोताखोर र ३ हजार ९ सय जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति रहेको सुवेदीले बताए । देशका विभिन्न स्थानमा ३३ वटा मोटरबोट, ९६ वटा र्याफ्टिङ बोट गरी १ सय २९ वटा बोटलाई विपद्को इलाकामा तैनाथ गरिएको उनले बताए ।
उनले एक लाख ६८ हजार ६ सय ९५ जना विपद् सूचकहरूलाई पनि विपद् व्यवस्थापनमा समन्वय गरेको बताए। ९ सय ९० जना तालिम प्राप्त समुदाय विपद् स्वयंसेवकहरुसँग पनि समन्वयात्मक रुपमा काम गरेको सुवेदीले बताए ।
काठमाडौँ, रौतहट, झापा र इलाममा काम उद्धारको काम गरिरहेको, काठमाडौँको बल्खुस्थित बागमती आसपासमा बसोबास गर्ने सय जना सुकुम्वासीहरूलाई जनविकास मावि बल्खुमा स्थानान्तरण गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण