महोत्तरी सदरमुकामसहितका स्थानहरू जलमग्न
सारांश
- महोत्तरी जिल्लाका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण जलमग्न भएका छन्।
- जलेश्वर अस्पताल, निर्वाचन कार्यालयलगायतका स्थानमा पानी पसेको छ भने मटिहानीको सिमरदही टोल डुबानमा परेको छ।
- प्रजिअका अनुसार उद्धार टोली परिचालन गरिएको छ र हालसम्म मानवीय क्षति भएको छैन।
महोत्तरी । महोत्तरी जिल्लाका विभिन्न क्षेत्र निरन्तर वर्षाले जलमग्न भएका छन् । शुक्रवार रातिदेखि परेको अविरल वर्षाका कारण सदरमुकाम जलेश्वर नगरपालिकासहित मटिहानी नगरपालिका, औरही नगरपालिका, बलवा नगरपालिका, महोत्तरी गाउँपालिका, बर्दिबास नगरपालिका, सम्सी गाउँपालिका र लोहरपटी नगरपालिका रूपमा प्रभावित भएका छन् ।
जलेश्वर नगरपालिकामा जलेश्वर अस्पताल, निर्वाचन कार्यालय महोत्तरी, जलेश्वर कारागार, महादेव मन्दिर, नगरपालिकाको कार्यालय र साहुजी पटी लगायतका बस्तीहरूमा पानी पसेर जलमग्न बनेका छन् । मटिहानी नगरपालिकाको वडा नं. १, ६, ८ र ९ पूर्णरूपमा प्रभावित बनेका छन् भने सिमरदही टोलमा बस्ती नै डुबानमा परेको छ ।
त्यस्तै बलवा नगरपालिकामा तीन फिटसम्म पानी जमेको छ । पिपरा गाउँपालिकामा पनि पानी पसेर जनकपुरधाम–जलेश्वर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्लाका मुख्य नदीहरू विगही, औरही, कुटमेश्वरी र रातुमा पानीको स्तर तीव्र रूपमा बढेपछि आसपासका वस्तीहरू डुबानमा परेका छन् ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालका अनुसार उद्धार टोली (रेस्क्यु टिम) लाई जिल्लाभर परिचालन गरिएको छ । उनले हालसम्म मानवीय क्षति नभएको जानकारी दिँदै कुनै ठुलो क्षति हुन नदिनका लागि स्वयं स्थलगत निरीक्षणमा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण