रुसी आक्रमणले युक्रेनमा पाँच जनाको मृत्यु
किभ । गए रातभरि रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणपछि युक्रेनमा पाँच जनाको मृत्यु भएको र हजारौं जनता बिजुलीविहीन भएका युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले बताएका छन् ।
रुसले आक्रमण तीव्र पारेपछि पोल्यान्डको सेनाले पनि आफ्नो हवाई क्षेत्रको सुरक्षा सुनिश्चित गर्न लडाकु विमानहरू तैनाथ गरेको पुष्टि गरेको छ ।
आक्रमणको क्रममा पश्चिमी युक्रेनी सहर ल्भिभलाई निशाना बनाइएको थियो । आक्रमणमा चार जनाको मृत्यु भएको र अन्य केही घाइते भएको पश्चिमी युक्रेनी प्रमुख म्याक्सिम कोजित्स्कीले बताएका छन् ।
जापोरिजियामा पनि एक जनाको मृत्यु भएको बताइएको छ । रुसले ५० भन्दा बढी क्षेप्यास्त्र र लगभग ५०० आक्रमण ड्रोन प्रहार गरेको जेलेन्स्कीले बताए । युक्रेनी सैन्य र पूर्वाधार ढाँचालाई निशाना बनाएर सफलतापूर्वक ठुलो मात्रामा आक्रमण गरिएको रुसी रक्षा मन्त्रालयले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण