मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

इलाम जान गृहमन्त्री र ऊर्जा मन्त्रीले पाएनन् टिकट

सोमबार, २० असोज २०८२, १० : २०
सोमबार, २० असोज २०८२

सारांश

  • गृहमन्त्री र उर्जामन्त्रीको इलाम जाने कार्यक्रम स्थगित भएको छ।
  • जहाजको टिकट नपाएका कारण कार्यक्रम स्थगित भएको गृह मन्त्रालयले जनाएको छ।
  • इलाममा पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि जाने तयारी थियो।

काठमाडौँ । गृहमन्त्री ओम प्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङ  सोमबार इलाम जाने बताइए पनि स्थगित भएको छ ।

मन्त्री अर्याल र घिसिङ इलामको पहिरो प्रभावित क्षेत्रमा जाने बताइएको थियो । तर, सोमबार जहाजको टिकट नपाएपछि स्थगित भएको गृह मन्त्रालय श्रोतले जनाएको छ । असोज १८ र १९ गतेको अविरल वर्षापछि इलाममा सबैभन्दा बढी क्षति भएको थियो ।

उक्त क्षेत्रको स्थलगत अवलोकन गर्न उनीहरू त्यसतर्फ जाने तयारी थियो । काठमाडौँबाट नियमित उडानको हवाईजहाजमा झापाको भद्रपुरसम्म जाने र भद्रपुरबाट इलामसम्म हेलिकप्टरबाट जाने कार्यक्रम तय भए पनि नियमित जहाजको टिकट नपाएपछि स्थगित भएको स्रोतको भनाइ छ ।

‘आज त्यता जाने भनिएको थियो । तर टिकट नपाएपछि स्थगित भयो । अर्को मिति तय भएको छैन’, स्रोतको भनाइ छ । उनीहरूसँगै गृह सचिव, ऊर्जा सचिव र भौतिक सचिव पनि इलाम जाने तयारी थियो । इलाममा पहिरोले बस्ती पुर्दा तीन दर्जन भन्दा बढीको ज्यान गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप