शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अस्पतालमा आगलागी हुँदा ७ जना बिरामीको मृत्यु

सोमबार, २० असोज २०८२, ११ : ५२
सोमबार, २० असोज २०८२

सारांश

  • जयपुरको सवाई मानसिंह अस्पतालको आईसीयू वार्डमा आगलागी हुँदा सात बिरामीको मृत्यु भयो।
  • सर्ट सर्किटको कारणले आगलागी भएको अनुमान गरिएको छ, र अन्य बिरामीहरूलाई सुरक्षित सारियो।
  • मुख्यमन्त्री भजनलाल शर्माले घटनास्थलको निरीक्षण गरे र घटनाको छानबिनको आदेश दिइयो।

नयाँ दिल्ली । भारतको राजस्थान राज्यको राजधानी जयपुरमा रहेको सवाई मानसिंह अस्पतालको आईसीयू वार्डमा गएराति ठुलो आगलागी भयो । यस घटनामा सात बिरामीको मृत्यु भयो भने अन्य कयौँ गम्भीर बिरामीहरूलाई सुरक्षित रूपमा बाहिर निकालियो । घटनास्थलमा रहेका डाक्टर, नर्स र दमकलकर्मीहरूले अथक प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए ।

अस्पतालको ट्रमा सेन्टरको आईसीयू वार्डमा सर्ट सर्किटका कारण आगलागी भएको देखिएको ट्रमा सेन्टरका इन्चार्ज डा.अनुराग धाकडले बताए । आईसीयूमा भर्ना भएका धेरैजसो बिरामी पहिले नै गम्भीर अवस्थामा थिए । अधिकांश कोमामा थिए । सर्भाइभल रिफ्लेक्स कमजोर भएकोले उनीहरूलाई तुरुन्तै सार्न गाह्रो भयो ।

आगोबाट निस्कने विषाक्त ग्यासहरूले उनीहरूको अवस्था अझ बिगार्यो । उनीहरूलाई तल्लो तल्लामा रहेको आईसीयूमा सार्न प्रयास गरिए पनि ६ जना बिरामीलाई बचाउन सकिएन । दुर्घटनाको जानकारी पाएपछि मुख्यमन्त्री भजनलाल शर्मा आफैँ अस्पताल पुगेर अवस्थाको जानकारी लिएका थिए ।

अस्पताल प्रशासनले घटनाको छानबिन गर्न आदेश दिएको छ । प्रहरी र फोरेन्सिक टोलीहरूले आगलागीको कारणको बारेमा विस्तृत अनुसन्धान गरिरहेका छन् । घटनापछि अस्पताल परिसरमा सुरक्षा र अग्नि सुरक्षा उपायहरूको समीक्षा भइरहेको छ । प्रारम्भिक अनुसन्धानले सर्ट सर्किटको सङ्केत गरेको भए पनि अन्तिम रिपोर्ट अनुसन्धानपछि मात्र उपलब्ध हुने बताइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप