बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चौथो हाइएष्ट ग्रसिङ कन्नड फिल्म बन्यो कान्तारा: च्याप्टर- १

सोमबार, २० असोज २०८२, १३ : १७
सोमबार, २० असोज २०८२

सारांश

  • कान्ताराः च्याप्टर १ ले तीन दिनमै २०० करोड भारु भन्दा बढी कमाई गरेको छ।
  • फिल्मले छिट्टै ३०० करोड क्लबमा प्रवेश गर्ने र केजीएफको रेकर्ड तोड्ने अनुमान छ।
  • यो फिल्म २०२२ को ब्लकबस्टर फिल्म कान्ताराको प्रिक्वेल हो।

नयाँ दिल्ली । २०२२ मा आएको ब्लकबष्टर फिल्म कान्ताराको प्रिक्वेल हो कान्ताराः च्याप्टर १ । ऋषभ शेट्टी निर्देशित यो फिल्मले मात्र तीन दिनमा २०० करोड भारु भन्दा बढी कमाई गरिसकेको छ ।

प्रारम्भिक कमाइलाई हेर्दा फिल्म चाँडै नै ३०० करोड क्लबमा सामेल हुने देखिन्छ । यस्तो भयो भने फिल्मले कन्नड फिल्म केजीएफको रेकर्ड पनि तोड्नेछ । लगभग १२५ करोड भारुको बजेटमा बनेको कान्ताराः च्याप्टर १ ले पहिलो सप्ताहान्तमै २३५ करोड भारु कमाई गरिसकेको छ ।

फिल्मको ओपनिङ कलेक्सन ८८ करोड भारु थियो । दोस्रो दिनको कलेक्सन ६५ करोड भारु थियो भने तेस्रो दिन फिल्मको कमाई ८२ करोड भारु थियो ।

रिलिजको चौथो दिनमा नै कान्ताराः च्याप्टर १ कन्नड सिनेमाको चौथो सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ । तर यो अझै पनि केजीएफ २ र कान्ताराको कमाइभन्दा धेरै टाढा छ । बक्स अफिसको तथ्याङ्कको आधारमा, यो फिल्मले चाँडै नै कन्नड स्टार यशको फिल्म केजीएफ–१ को रेकर्ड तोड्ने अनुमान गरिएको छ । जसको कूल कमाई २५० करोड भारु थियो ।

कान्तारा : च्याप्टर १ २०२२ मा आएको फिल्म कान्ताराको प्रिक्वेल हो । कान्तारा केजीएफ–२ पछि कन्नड सिनेमाको सर्वाधिक कमाई गर्ने दोस्रो फिल्म हो ।

१६ करोड भारुमा बनेको कान्ताराले रेकर्ड ४५० करोड भारुको कीर्तिमानी कमाई गरेको थियो । केजीएफ२ को कुल कलेक्सन १ हजार २५० करोड भारु रहेको छ । कान्ताराः च्याप्टर १ ले यी फिल्मसँग प्रतिस्पर्धा गर्न सक्छ कि सक्दैन त्यो चाहिँ हेर्न बाँकी नै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप