काठमाडौँमा प्रहरीको उच्च सतर्कता कायमै
सारांश
- जेनजी समूहले पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखकविरुद्ध जाहेरी दर्ताका लागि प्रहरीलाई दबाब दिएको छ।
- प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरे पनि कुनै ठोस निर्णय भएन।
- काठमाडौं उपत्यकामा सुरक्षा संवेदनशीलता बढेपछि प्रहरीलाई 'हाई अलर्ट' मा राखिएको छ।
काठमाडौँ । जेनजी अगुवा सुदन गुरुङको समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध फौजदारी कसुरमा जाहेरी दर्ता गर्न काठमाडौँ प्रहरीलाई दबाब दिइरहेको छ । सोमबार उनको समूह काठमाडौंको भद्रकालीमा रहेको जिल्ला प्रहरी परिसरमा पुगेर दबाब दिएसँगै त्यहाँ उनीहरूसँग भएको अनौपचारिक संवादलाई आधार मानेर प्रहरीले उच्च सतर्कता अपनाएको छ ।
सोमबार साँझदेखि नै काठमाडौँ जिल्लामा कार्यरत प्रहरी नियमित ड्युटी छाडेर सम्भावित हुलदङ्गा नियन्त्रणमा ‘अलर्ट’ छन् । गएराति नै बालुवाटारमा सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्री सुशीला कार्कीले ओली र लेखकलाई पक्राउ गर्ने जेनजीको मागबारे छलफल गरेकी थिइन् । तर, त्यहाँ कुनै ठोस निर्णय नभएको छलफलमा सहभागी एकजना उच्च सुरक्षा अधिकृतले बताए । ती अधिकृत भन्छन्, ‘धेरै विषय थिए तर, कुनै निर्णय भएन ।’
ओली र लेखकको विषय गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगको निर्णयको आधारमा हुनुपर्नेमा सुरक्षा अधिकारीहरू बताउँछन् ।
अख्तियार प्रमुख प्रेम कुमार राईलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने भन्दै मंगलबार जेनजी समूहले टंगाल स्थित अख्तियार मुख्यालय घेर्न लागेका हल्ला फैलिएपछि त्यहाँ पनि सुरक्षाकर्मी केन्द्रित गरिएको छ ।
_vm6E2zydiC.jpg)
सुरक्षा संवेदनशीलता बढेको निष्कर्ष सहित उपत्यका प्रहरी कार्यालयले काठमाडौँका अस्थायी र स्थायी बिटका प्रहरीलाई प्रभाग र वृत्तमा केन्द्रित हुन सर्कुलर गरेको छ । उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृत भन्छन्, ‘सानो संख्यामा कार्यरत युनिटका प्रहरीलाई स्ट्रेन्थ भएको युनिटमा जान भनेका छौँ ।’
भदौ २३ र २४ मा भएको प्रदर्शनपछि हिजो साँझदेखि शुरु भएको जेनजी मुभमेन्टका कारण उपत्यकामा प्रहरीलाई ‘हाई अलर्ट’मा राखिएको छ । माइतिघर लगायका ठाउँमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृत भन्छन्, ‘अहिले सवैलाई स्ट्याण्ड बाई राखिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण