मेरो समयमा सन्तोष सेन आएको भए म पनि एक्सन हिरो हुन्थेँ : क्याप्टेन लामा
सारांश
- वरिष्ठ अभिनेता विजय लामाले अहिलेको समयमा अभिनय सुरु गरेको भए एक्सन हिरो बन्ने बताए।
- उनले ‘बलिदान’ फिल्मको प्रशंसा गर्दै निर्देशक र कलाकारको कामको खुलेर तारिफ गरे।
- ऋचा शर्माले फिल्मले दर्शकबाट पाएको मायाप्रति खुसी व्यक्त गरिन्, र समीर भट्टको अभिनयको प्रशंसा गरिन्।
काठमाडौँ । वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामाले अभिनयको सुरुवातको समय अहिले जस्तो अवस्था भएको भए आफू पनि एक्सन हिरो हुने बताएका छन् । सोमबार प्रदर्शनरत ‘बलिदान’ हेरिपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उनले यस्तो धारण राखेका हुन् ।
‘‘बलिदान’मा मैले ठुलो बलिदानै पाएँ । यो फिल्मसँग आबद्ध सबैको ठुलो योगदान देखेँ । यो फरक स्तरको फिल्म रहेछ’ उनले भने ‘नेपालीको स्तर बढ्दै गएको छ ।’
लामाले निर्देशक सन्तोष सेनको कामको प्रशंसा गर्दै आफ्नो समयमा निर्माता निर्देशकको रूपमा सेन पाएको भए आफू पनि समीर भट्टजस्तै एक्सन हिरो हुने बताए । लामाले समीर भट्टको अभिनयको प्रशंसा समेत गरे । ‘बिराजको समयमा बिराजको आधिपत्य थियो, अब समीरको पालो हो’, लामाले भने।
अभिनेत्री ऋचा शर्माले फिल्मले पाएको दर्शकको माया प्रति आफू निकै भाव विह्वल भएको बताइन् । उनले समीर भट्टकी आमाको भूमिकामा गरेको अभिनयले दर्शकसँग गहिरो सम्बन्ध स्थापित गरेको बताइन् ।
सन्तोष सेन निर्देशित ‘बलिदान’मा आमा–छोराबिचको प्रेम र त्यागमा आधारित फिल्म हो । ‘आशुसेन फिल्म प्रोडक्सन’को ब्यानरमा बनेको फिल्ममा समीर र ऋचाको अलावा सौगात मल्ल, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय छ ।
फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण