रौतहटमा डुबेर बेपत्ता दुई बालिकाको शव फेला
सारांश
- रौतहटको देवाही गोनाही नगरपालिकामा डुबेर बेपत्ता भएका दुई बालिकाको शव फेला परेको छ।
- आइतबार दिउँसो खाल्डोमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका उनीहरुको शव खोजतलासपछि फेला परेको हो।
- प्रहरीले मृतक बालिकाको शव पोस्टमार्टमका लागि पठाएको छ र अभिभावकलाई सतर्क रहन आग्रह गरेको छ।
रौतहट । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा डुबेर बेपत्ता भएका दुई बालिकामध्ये दुवैजनाको शव फेला परेको छ।
आइतबार दिउँसो करिब डेढ बजे खेतमा वर्षाको पानीले बनेको खाल्डो (भंगालो) मा नुहाउने क्रममा रामदयाल रामकी १२ वर्षीया छोरी आरती कुमारी राम र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमा कुमारी राम डुबेर बेपत्ता भएका थिए।
घटनापछि इलाका प्रहरी कार्यालय गोनाहीका ६ जनाको टोली, सशस्त्र प्रहरी बेस क्याम्प देवाही र स्थानीयवासीले रातभर खोजतलास सञ्चालन गरेका थिए। सोही क्रममा आरती कुमारीको शव करिब २० घण्टापछि फेला पारिएको हो। यस्तै, आज बिहान अन्तिमा कुमारीको शव पनि संयुक्त सुरक्षाकर्मी र स्थानीयको सहयोगमा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएस्पी राजु कार्कीले जानकारी दिए।
इलाका प्रहरी कार्यालय गोनाहीका प्रमुख इन्स्पेक्टर कमल लुङ्गेलीका अनुसार बालिकाहरू नुहाउने स्थानभन्दा करिब १० फिट तल रहेको गहिरो खाल्डोमा डुबेका थिए। खाल्डो जलकुम्भीले ढाकिएको भएकाले उनीहरूलाई तत्काल देख्न कठिन भएको उनले बताए।
मृतक दुवै बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ।
डिएस्पी कार्कीले हालको अविरल वर्षाले नदी, पोखरी र खेतका भंगालोहरूमा पानी भरिँदा डुबान र डुबेर मृत्यु हुने जोखिम बढेको भन्दै अभिभावकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।
रौतहटमा लगातारको वर्षाले सदरमुकाम गौरसहितका गाउँ–गाउँमा डुबानको जोखिम उच्च बनेको छ र यसले जनजीवन प्रभावित पारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण