बाढी पहिरोमा परेर ५२ जनाको निधन
सारांश
- अविरल वर्षाका कारण बाढी पहिरोमा परेर ५२ जनाको निधन भएको छ।
- इलाममा ३९ जना र पाँचथरमा १ जना पहिरोमा परेका थिए।
- चट्याङ लागेर रौतहटमा २ जनाको र रसुवामा ४ जना बेपत्ता भएका छन्।
काठमाडौं । गत असोज ११ र १२ गते अविरल वर्षाका कारण बाढी पहिरोमा परेर ५२ जनाको निधन भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को मंगलबार बसेको बैठकपछि प्राधिकरणले पत्रकार सम्मेलन गर्दै बाढी पहिरोमा परेरमात्रै ५२ जनाको निधन भएको जानकारी गराएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले पहिरोमा परेर इलाममा ३९ जना र पाँचथरमा १ जना र काभ्रेमा १ जनाको निधन भएको जानकारी दिए।
यसैगरी उदयपुरमा २ जना,धनुषामा २, इलाम,पाँचथर, खोटाङ, भोजपुर, सुनसरी, मोरङ र रौतहटमा १/१ जनाको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार चट्याङ लागेर समेत रौतहटमा २ जनाको निधन भएको बताए । उनले रसुवामा चार जना र इलाममा १ जना बेपत्ता रहेको बताए । उनले बाढी पहिरोका कारण ४७ जान घाइते रहेको पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण