असफल भएका सबै पार्टीका मुख्य नेताको बिदा गरी पार्टी पुनर्गठन गर्न युवा नेताहरूको आह्वान
सारांश
- युवा नेताहरूले पार्टी पुनर्गठनका लागि मुख्य नेताहरूलाई बिदा गर्न आह्वान गरेका छन्।
- नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका युवा नेताहरूले संयुक्त विज्ञप्ति जारी गरेका हुन्।
- उनीहरूले लामो समय नेतृत्वमा रहेका नेताहरूलाई हटाउन माग गरेका छन्।
काठमाडौँ । राजनीतिक दलका युवा नेताहरूले पार्टीका मुख्य पात्रहरूलाई बिदा गरी पार्टी पुनर्गठन गर्न आह्वान गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका युवा नेताहरूले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी पुनर्गठनका लागि दोस्रो र तेस्रो तहका नेताहरूलाई आह्वान गरेका हुन् । लामो समय नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य पात्रहरूलाई बिदा नगरीकन दलहरूको पुनर्गठन हुन नसक्ने निष्कर्ष निकालेका छन् ।
‘राजनीतिलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन दलहरूको पुनर्गठन आजको मुख्य शर्त हो। लामो समय नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य पात्रहरूलाई बिदा नगरिकन दलहरूको पुनर्गठन हुने सक्दैन। त्यसैले आआफ्ना दलहरूलाई पुनर्गठन गर्ने काममा कुनै पनि ढिलाइ नगर्न सबै राजनीतिक दलका दोस्रो, तेस्रो तहका नेताहरू ती पार्टीका जिम्मेवार सदस्यहरुलाई हामी आह्वान गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण