तीन अमेरिकी वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार
स्टकहोम । स्वीडेनमा मंगलबार भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा गरिएको छ । यस वर्षको भौतिकशास्त्रमा नोबेल पुरस्कार क्वान्टम मेकानिक्समा गरेको खोजका लागि अमेरिकाका जोन क्लार्क, माइकल डेभोरेट र जोन मार्टिनिसलाई प्रदान गरिएको छ ।
रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले मंगलबार दिउँसो विजेताहरूको घोषणा गरेको हो । पुरस्कार घोषणा गर्ने क्रममा क्वान्टम मेकानिक्सको प्रभावको बारेमा व्याख्या गरिएको थियो । यो खोजले क्वान्टम क्रिप्टोग्राफी, क्वान्टम कम्प्युटर र क्वान्टम सेन्सरसहित क्वान्टम प्रविधि अरु बुझ्न योगदान पुर्याउने बताइएको छ ।
सामान्यतया, क्वान्टम मेकानिक्सका नियमहरू धेरै साना कणहरू (इलेक्ट्रोनहरू)मा लागू हुन्छन् । तिनीहरूको व्यवहारलाई माइक्रोस्कोपिक भनिन्छ । यिनीहरू यति सानो हुन्छन् कि सामान्य माइक्रोस्कोपले पनि देख्न सकिँदैन । तर, यी तीन वैज्ञानिकहरूले पहिलो पटक बिजुलीको सर्किटमा म्याक्रोस्कोपिक स्तरमा क्वान्टम टनेलिङ र ऊर्जाको स्तरको खोज गरेका छन् ।
नोबल प्राइज डट ओेआरजीका अनुसार १९०१ देखि ११८ वैज्ञानिकहरूलाई भौतिकशास्त्र पुरस्कार प्रदान गरिएको छ । सबैभन्दा कान्छो विजेता २५ वर्षीय लरेन्स ब्राग (१९१५) हुन् भने ९६ वर्षीय आर्थर अश्किन (२०१८) यो सम्मान प्राप्त गर्ने सबैभन्दा पाको उमेरका वैज्ञानिक हुन् । विजेताले १ करोड १० लाख स्विडिश क्रोन, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । एक भन्दा बढी वैज्ञानिकले पुरस्कार जिते भने, पुरस्कार रकम उनीहरूमाझ बराबरी बाँडिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण