पक्राउ
कोटेश्वर प्रभागबाट लुटिएको पेस्तोल कैलालीमा फेला, लुटेरापनि पक्राउ
मङ्गलबार, २१ असोज २०८२, २२ : २७
१
सारांश
- काठमाडौँको कोटेश्वरबाट लुटिएको पेस्तोल कैलालीमा फेला परेको छ।
- प्रहरीले पेस्तोलसहित कैलालीको घोडाघोडीका एक युवकलाई पक्राउ गरेको छ।
- पक्राउ परेका युवकले भदौ २४ गतेको प्रदर्शनमा हतियार लुटेको स्वीकारेका छन्।
काठमाडौँ । काठमाडौँको कोटेश्वर प्रहरी प्रभागबाट लुटिएको पेस्तोल कैलालीमा भेटिएको छ । जेनजी प्रदर्शनमा लुटिएको टाइप–५४ पेस्तोल सहित इलाका प्रहरी कार्यालय सुखडको टोलीले एकजनालाई पक्राउ गरेको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–१ बेलार घर भएका २३ वर्षीय आकाश शाहीलाई पक्राउ गरिएको सुखडका डिएसपी रमेश दत्त अवस्थीले रातोपाटीलाई बताए । शाहीको घरबाट प्रहरीले म्याग्जिनसहितको पेस्तोल बरामद गरेको छ । सोधपुछको क्रममा उनले भदौ २४ मा भएको प्रदर्शनमा हतियार लुटेको बताएका छन् ।
शाहीलाई मुद्दा चलाउनेबारे काठमाडौँ प्रहरीसँग समन्वय भइरहेको डिएसपी अवस्थीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण