एक वर्षमा इन्हेलरबाट हुने प्रदूषण पाँच लाखभन्दा बढी कारबाट हुने प्रदूषण बराबर
सारांश
- नयाँ अनुसन्धान अनुसार श्वासप्रश्वास समस्या भएका मानिसले प्रयोग गर्ने इन्हेलरले जलवायु परिवर्तन बढाउँछ।
- इन्हेलरमा प्रयोग हुने हाइड्रोफ्लोरोअल्केन्स (एचएफएएस) ले कार्बन डाइअक्साइडभन्दा बढी ताप फसाउँछ।
- विज्ञहरूका अनुसार कम प्रदूषक विकल्प प्रयोग गरेर स्वास्थ्य क्षेत्रको कार्बन उत्सर्जन घटाउन सकिन्छ।
काठमाडौँ । एक नयाँ अनुसन्धानले श्वास फेर्न गाह्रो हुने समस्याबाट प्रभावित व्यक्तिहरूले अनजानमा जलवायु परिवर्तनको समस्यालाई बढाइरहेको देखाएको छ।
अस्थमा र सीओपीडीजस्ता दीर्घकालीन फोक्सोका रोगहरूको उपचारका लागि लाखौँ अमेरिकीले प्रयोग गर्ने ‘मिटर्ड डोज इन्हेलर’ (एमडीआई) ले ग्लोबल वार्मिङमा ‘ठूलो’ योगदान गरिरहेको जामा जर्नलमा प्रकाशित अध्ययनले देखाएको हो। समस्या औषधिमा नभई, इन्हेलरमा प्रयोग हुने हाइड्रोफ्लोरोअल्केन्स (एचएफएएस) नामक प्रणोदकमा छ।
एचएफएएस वायुमण्डलमा छोडिँदा कार्बन डाइअक्साइडभन्दा हजारौं गुणा बढी शक्तिशाली ताप फसाउँछन्। एक अध्ययनका अनुसार, एक वर्षमा इन्हेलरबाट हुने प्रदूषण पाँच लाखभन्दा बढी कार चलाउँदा हुने प्रदूषण बराबर हो। यस प्रदूषणका लागि ९८% (एमडीआई) जिम्मेवार छन्।
यस समस्यालाई ‘सजिलै समाधान गर्न सकिने’ बताउँदै अनुसन्धानकर्ताहरूले धेरै बिरामीहरू ड्राइ-पाउडर इन्हेलर (डीपीआई) जस्ता कम प्रदूषक विकल्पमा जान सक्ने बताएका छन्। अमेरिकी भेटेरान्स एडमिनिस्ट्रेशनले सन् २०२१ देखि डीपीआईलाई प्राथमिकता दिँदा हरितगृह ग्यास ६८% भन्दा बढीले घटाएको पाइएको छ।
यद्यपि, साना बालबालिका वा वृद्ध र दुर्बल व्यक्तिहरूले डीपीआई प्रयोग गर्न नसक्ने र सस्तो मूल्य तथा बीमा कभरेजको कमीका कारण एमडीआई अझै आवश्यक छन्।
तैपनि, विज्ञहरूले इन्हेलरको प्रकार परिवर्तन गर्नु स्वास्थ्य क्षेत्रको कार्बन उत्सर्जन घटाउने सबैभन्दा महत्त्वपूर्ण अवसर हुन सक्ने बताएका छन्।
सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण