मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बेलायतले भारतीयका लागि भिसा नियमहरू खुकुलो नपार्ने

बुधबार, २२ असोज २०८२, ११ : १०
बुधबार, २२ असोज २०८२

सारांश

  • बेलायतले भारतीयका लागि भिसा नियम खुकुलो नगर्ने निर्णय गरेको छ।
  • बेलायती प्रधानमन्त्री किर स्टार्मर भारत भ्रमणमा जाँदैछन्, जसको उद्देश्य लगानी बढाउनु हो।
  • भारत र बेलायतबीच भएको व्यापार सम्झौताले दुई देशको व्यापारमा वृद्धि गर्नेछ।

लन्डन । बेलायतले भारतीयका लागि भिसा नियमहरू खुकुलो नपार्ने भएको छ । बेलायती प्रधानमन्त्री किर स्टार्मरले आफ्नो भारत भ्रमणअघि यी बयान दिएका हुन् । भारत र बेलायतबिच हालै भएको स्वतन्त्र व्यापार सम्झौतापछि प्रधानमन्त्री स्टारमर बुधवार भारत आइपुगेका छन् । 

स्टार्मरको साथमा सय जनाभन्दा बढी उद्यमी, सांस्कृतिक व्यक्तित्व र विश्वविद्यालयका उपकुलपतिहरूको प्रतिनिधिमण्डल छ । उनीहरूको उद्देश्य बेलायतमा लगानी बढाउनु र आर्थिक वृद्धि सुधार गर्नु हो ।

भारतसँग व्यापार र सांस्कृतिक सम्बन्धलाई सुदृढ पार्ने व्यापक अवसरहरू रहेको स्टार्मर बताए । यद्यपि, उनले भारतीय कामदार वा विद्यार्थीका लागि भिसा नियमहरू थप खुकुलो पार्ने कुनै योजना नभएको स्पष्ट पारेका छन् । समस्या भिसाको नभएको पनि उनले बताए । यो सबै बेलायतमा व्यापार, लगानी, रोजगारी र समृद्धि ल्याउने बारे भएको उनको भनाइ छ । भारत र बेलायतबिच धेरै वर्षको वार्तापछि यस वर्ष जुलाईमा स्वतन्त्र व्यापार सम्झौता भएको थियो ।

यस सम्झौता अन्तर्गत बेलायती कार र ह्विस्की सस्तो दरमा भारतमा निर्यात गर्न सकिनेछ । सस्तो मूल्यमा भारतीय कपडा र गहना बेलायतमा पठाउन सकिन्छ । यसले दुई देशहरू बिचको व्यापारमा अरबौँ पाउन्डको वृद्धि गराउनेछ ।

सम्झौतामा छोटो अवधिको भिसामा बेलायतमा काम गर्ने भारतीय कर्मचारीहरूलाई तीन वर्षको लागि सामाजिक सुरक्षा शुल्कबाट छुट दिने व्यवस्था पनि गरिएको छ । तर, मन्त्रीहरूले आप्रवासन नीतिमा कुनै ठुलो परिवर्तन नगरिएको बताएका छन् । स्टार्मरको सरकारले बेलायतमा आप्रवासन कम गर्ने कोसिस गरिरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप