सुदन गुरुङलाई एम्बुस बनाएर पड्काउन खोजिँदैछ : महेश बस्नेत
सारांश
- एमाले नेता महेश बस्नेतले जेनजी आन्दोलनका मुद्दा अपहरण भएको आरोप लगाए।
- बस्नेतले जेनजी आन्दोलनमा आतंकवादी गतिविधि भएको र ठूलो जनधनको क्षति भएको बताए।
- उनले बालेनको योजनामा नेताहरूको घर लोकेट गरिएको र साइबर अपराध भइरहेको दाबी गरे।
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले वास्तविक जेनजीका मुद्दा अपहरण भएको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै बस्नेतले भ्रष्टाचारको विपक्षमा र सुशासनको पक्षमा भए पनि जेन्जी आन्दोलनमा आतंकवादी गतिविधि देखिएको भन्दै आन्दोलनका मुद्दा अपहरण भएको बताएका हुन् ।
उनले जेनजीका नाममा ठुलो जनधनको क्षति भएको भन्दै २३ बेलुकादेखि २४ गतेसम्मको आन्दोलन अरबी मुलुकको भन्दा फरक नरहेको दाबी गरे । जेनजी पुस्तालाई बदनाम गराउँदै हजारौँ फेक एकाउन्ट चलाएर चार घण्टाभित्र देशलाई बर्वाद पारिएको बस्नेतको दाबी छ ।
सिंगो मुलुकको राष्ट्रियता जोगाउन, लोकतन्त्रलाई संवर्द्धन गर्न र जनताको हितको पक्षपोषण गर्न नेकपा एमाले सदैव अगाडि रहेको बस्नेतले दाबी गरे । उनले बालेनको योजनामा जेनजी आन्दोलनका नाममा प्रत्येक नेताहरुको घर लोकेट गरेको, अहिलेपनि साइबर अपराधमार्फत लुटपाट भइरहेको भन्दै गृहमन्त्रलाय त्यसैको संरक्षणमा लागेको बताए । सुदन गुरुङ नामको उरन्ठेउलो केटाले अनाधिकृत रूपमा सरकार र सरकारी निकायलाई निर्देशन दिन उद्यत रहेको बस्नेतको भनाइ छ ।
‘मानिसहरूले के आकलन गरिरहेका छन् भने विभिन्न अन्तर्राष्ट्रिय शक्तिका एजेन्टहरू अवैधानिक रूपमा हाम्रो राज्य संयन्त्र कब्जा गर्न खोज्दैछन् । त्यो पात्रको रूपमा सुदन गुरुङजस्ता मानिसलाई एम्बुस बनाएर पड्काउन खोजिँदैछ’, उनले भने– ‘सुदन गुरुङ बालेनको योजनामा केपी ओली, रमेश लेखक, महेश बस्नेतलाई गिरफ्तार गर्नुपर्छ भनेर मिडिया ट्रायल गर्छन् र डेलिगेसन जान्छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण