पक्राउ गरेर देखाउन गृहमन्त्रीलाई महेश बस्नेतको चुनौती
सारांश
- एमाले नेता महेश बस्नेतले जेनजी आन्दोलनको छानबिनबारे गौरी बहादुर कार्की नेतृत्वको आयोगलाई चुनौती दिए।
- बस्नेतले आन्दोलनकारीले हतियार प्रयोग गरेको र फरार कैदीहरूको विषयमा छानबिन हुनुपर्ने माग गरे।
- बस्नेतले सरकारले केपी ओली र आफूलाई टार्गेट गरेको र प्रतिशोधको योजना बनाएको आरोप लगाए।
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा भएका आपराधिक घटनाको निष्पक्ष छानबिन गर्न गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई चुनौती दिएका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै बस्नेतले आन्दोलनकारीका तर्फबाट जेजनी आन्दोलनमा हतियार प्रयोग भएको दाबी गरे । रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागारबाट मुक्त गराउन गएका सो पार्टीका नेताहरू डीपी अर्याल, मनिष झा,ज्वाला सङ्ग्रौलाको बारेमा छानबिन हुनुपर्ने बस्नेतको भनाइ छ ।
‘त्यसपछि भागेका १४ हजार कैदी कहाँ छन् ? ५ सय चौकी जलाउने क्रममा १२ हजार हतियार लुटिएका छन्, २० हजार गोली लुटिएका छन् ती कहाँ छन् ?’, उनले साम्राज्यवादी शक्तिले पुन नेपालीमाथि आक्रमण हुनसक्ने बताए ।
डिस्कर्ड चलाउने, प्रहरीलाई जिउँदै जलाउनेलाई कारबाही गर्नुको साटो गृहमन्त्री भने सुदन गुरुङलाई गुलेली खेलाउन लगाएर बसेको, कुलमान घिसिङ उठौतीमा लागेको भन्दै उनीहरूमाथि पनि छानबिन गर्नुपर्ने बस्नेतको भनाइ छ । उनले अर्थमन्त्री रामेश्वर खनालबाट सम्पत्ति शुद्धीकरण गर्ने कि नगर्ने भन्दै उनले प्रधानमन्त्री सुशीला कार्कीलाई सोधे– 'आज तपाईँहरू प्रतिशोध साध्ने योजना बनाइरहनुभएको छ ?'
उनले सरकारको पहिलो टार्गेट केपी ओली र तेस्रो नम्बरमा आफू रहेको भन्दै हुदै नभएको मुद्दा सिर्जना गरेर आफुमाथि गिरफ्तार गर्ने षडयन्त्र गरेको दाबी गरे । तर उनीहरूको षड्यन्त्र अदालतले अस्वीकार गरेको बताउँदै आफूले साइवर ब्युरोमा बयान दिएर आएको र जे हो त्यही भनेको बताए ।
उनले आफूलाई समातेर देखाउन चुनौती दिँदै आफू विधिको शासनको लागि जेल जान तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण