विश्वकप छनोटमा ओमानको विजयी सुरुवात
सारांश
- ओमानले टी-ट्वान्टी विश्वकप छनोटमा सामोआलाई ५ विकेटले पराजित गर्यो।
- ओमानका लागि मोहम्मद नदीमले सर्वाधिक २१ रन बनाए भने हामेद मिर्जाले १८ रनको योगदान दिए।
- सामोआले दिएको ९३ रनको लक्ष्य ओमानले १७ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
काठमाडौँ । ओमानले टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसिया र पूर्वी एसिया प्यासिफिक क्षेत्रको छनोटमा विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा ओमानले सामोआलाई ५ विकेटले हराएको हो ।
अल इमिरेट क्रिकेट मैदानमा सामोआले दिएको ९३ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभर ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । ओमानका लागि मोहम्मद नदीमले सर्वाधिक २१ रन बनाए ।
त्यस्तै हामेद मिर्जाले १८ रन बनाउँदा आशिष ओडेडाराले १५ तथा आर्यान विष्टले १४ रनको योगदान गरे । सामोआका लागि सौमानी तिआईले दुई विकेट लिए । त्यस्तै कालेब जस्मत, सोलोमन नाश र डेनियल बुर्गेशले एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सामोआले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९२ रन बनाएको थियो ।
सामोआका लागि रोस टेलर र फेरेटी सुलुटोले समान २२२२ रन बनाए । त्यस्तै सोलोमोन नासले १० रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । ओमानका लागि शाह फैसल, मोहम्मद नदीम र अमिर कलिमले दुई–दुई विकेट लिए । त्यस्तै नदीम खान र हसनैन शाहले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण