बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

नेपालमा जापानी इन्सेफलाइटिस १६४ जनामा पुष्टि, ३१ जनाको मृत्यु

बुधबार, २२ असोज २०८२, १६ : ४१
बुधबार, २२ असोज २०८२

सारांश

  • नेपालमा जापानी इन्सेफलाइटिस (जेई) संक्रमणबाट ३१ जनाको मृत्यु भएको छ, जुन वैशाख यताको तथ्याङ्क हो।
  • १६४ जनामा जेई संक्रमण पुष्टि भएको छ, जसमा अधिकांश १५ वर्ष वा सोभन्दा माथिका र ४० वर्षभन्दा माथिका रहेका छन्।
  • जेई रोगको संक्रमण पूर्वबाट सुरु भई पश्चिम नेपालसम्म फैलिएको छ र धान खेत तथा सुँगुर फार्म नजिकका क्षेत्रमा बसोबास गर्नेहरूमा देखिएको छ।

काठमाडौँ ।  नेपालमा जापानी इन्सेफलाइटिस (जेई) को संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ जना पुगेको छ । यो वैशाखयताको तथ्याङ्क हो । यो अवधिमा १६४ जनामा जेई सङ्क्रमण पुष्टि भएको छ ।

 स्वास्थ्य सेवा विभाग अन्र्तगत्त परिवार कल्याण महाशाखा अन्र्तगत्त खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले १ हजार ४०८ जनामा इन्सेफलाइटिस सिन्ड्रोमका लक्षण देखिएकामध्ये १६४ जनामा जेई सङ्क्रमण पुष्टि भएको बताए ।

  पछिल्लो ७ दिनयता पाल्पा जिल्लामा एक नयाँ जेई केस देखिएको छ । चितवन जिल्लामा एक नयाँ जेईका कारण मृत्यु दर्ता भएको छ । यससँगै, जेईका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको हो । जसमा १६ पुरुष र १५ महिला रहेका छन् ।

  पुष्टि भएका केसमध्ये ११६ जना अर्थात ७१ प्रतिशत १५ वर्ष वा सोभन्दा माथिका रहेका छन् । मृत्यु हुनेमध्ये अधिकांश ७४ प्रतिशत ४० वर्षभन्दा माथिका छन् ।

 डा. गौतमका अनुसार जेई रोगको सङ्क्रमण पूर्वी भागबाट सुरु भई क्रमशः पश्चिम नेपालसम्म फैलिएको छ । जेई केसहरू मध्ये २२ वटा पहाडी जिल्लाहरूबाट पुष्टि भएको छ । नेपालका ५ वटा प्रदेशका ८ जिल्लाका १२ वटा नगरपालिकामा देखिएको छ । पुष्टि भएका जेई केसहरू धान खेत र सुँगुर फार्म नजिकका क्षेत्रमा बसोबास गर्नेहरूमा देखिएको उनले बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप