प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट
बुधबार, २२ असोज २०८२, १७ : ३८
सारांश
- जापानका राजदूत माएदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गर्नुभयो।
- भेटमा नेपाल र जापानबीचको मित्रता, सहयोग र हितका विषयमा छलफल भयो।
- आर्थिक सहयोग, पूर्वाधार विकास र सांस्कृतिक आदानप्रदानबारे सहयोग सुदृढ गर्ने छलफल भयो।
काठमाडौँ । नेपालका लागि जापानका राजदूत माएदा तोरुले बुधवार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटका क्रममा नेपाल र जापानबिचको दीर्घकालीन मित्रता, आपसी सहयोग र पारस्परिक हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुवै देशबिच आर्थिक सहयोग, पूर्वाधार विकास, मानव स्रोत क्षमता अभिवृद्धि र सांस्कृतिक आदान–प्रदानका क्षेत्रमा सहयोगका कार्यक्रमहरूलाई अझ सुदृढ बनाउने विषयमा पनि विचार–विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले जापान सरकारद्वारा नेपालमा प्रदान गरिएको निरन्तर सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै दुवै देशबिचको सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण