एडेलको रेकर्ड तोड्दै टेलर स्विफ्टले रचिन् इतिहास
सारांश
- अमेरिकी गायिका टेलर स्विफ्टले नयाँ गीतबाट इतिहास रचेकी छिन्।
- स्विफ्टको नयाँ एल्बम 'द लाइफ अफ अ शोगर्ल' ले एक हप्तामा ३.५ मिलियन युनिट्स बिक्री रेकर्ड बनायो।
- यसअघि यो रेकर्ड ब्रिटिश गायिका एडेलको नाममा थियो, जसले दश वर्षअघि राखेकी थिइन्।
एजेन्सी । अमेरिकी गायिका टेलर स्विफ्टले फेरि एकपटक इतिहास रचेकी छिन् । उनले आफ्नो नयाँ गीत ‘द लाइफ अफ अ शोगर्ल’ मार्फत नयाँ इतिहास रचेकी हुन् ।
पप संगीतिक दुनियाँकी चर्चित गायिका स्विफ्टले हालै १२औँ स्टुडियो एल्मबको रुपमा ‘द लाइफ अफ अ शोगर्ल’ सार्वजनिक गरेकी थिइन् । रिपोटका अनुसार एल्बमले एक हप्तामा ३.५ मिलियन युनिट्स बिक्री रेकर्ड बनाएको हो । यस अगाडि छोटो समयमा धेरै बिक्री रेकर्ड ब्रिटिश गायिका एडेलको नाममा थियो । उनले दश बर्ष अगाडि यो रेकर्ड राखेकी थिइन् ।
सन् २०१५ मा एडेलको एल्बम ‘२५’ले पहिलो सातामा ३.४८२ मिलियन युनिट्स बिक्री भएको थियो । त्यो समयदेखि अहिलेसम्म कसैले पनि यो रेकर्ड तोड्न सकेका थिएनन् । तर गायिका स्विफ्टको नयाँ एल्बमले केबल ५ दिनमा यो रेकर्ड तोडेको छ ।
गत डिसेम्बरमा रेकर्ड ब्रेकिङ एराज टुर सकिएपछि यो स्विफ्टको पहिलो एल्बम हुनेछ । एराज टुर चलिरहँदा स्विफ्टले यस अघि २०२४ मा ‘द टर्चड पोयट्स डिपार्टमेन्ट’ ल्याएकी थिइन् । यसमा ३१ वटा गीत थिए । अहिलेको एल्बममा १२ गीत समेटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण