बलिउड अभिनेत्री शिल्पालाई अदालतको झड्का
सारांश
- बम्बई उच्च अदालतले शिल्पा शेट्टीलाई विदेश भ्रमणको अनुमति दिन अस्वीकार गरेको छ।
- शिल्पा दम्पतीविरुद्ध ६० करोड भारुको ठगी आरोपमा एफआइआर दर्ता भएको छ।
- अदालतले उनीहरूलाई विदेश जानुअघि ६० करोड भारु जम्मा गर्न भनेको छ।
मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई बम्बई उच्च अदालतले विदेश भ्रमणको अनुमति दिन अस्वीकार गरेको छ । अदालतले उनी र उनका पति राज कुन्द्रालाई समेत विदेश भ्रमण गर्न राेकेकाे हाे ।
शिल्पा दम्पतीविरुद्ध ६० करोड भारुको ठगी आरोपमा एफआइआर दर्ता भएका कारण उच्चले उनीहरूलाई विदेश भ्रमण पहिले ६० करोड भारतीय रुपैयाँ जम्मा गर्न भनेको छ ।
अदालतको आर्थिक अपराध शाखाले उनीहरू दुवै विरुद्ध ‘लुकआउट सर्कुलर (एलओसी)’ समेत जारी गरेको छ । जसको कारण उनीहरू अदालतको अनुमति बिना विदेश भ्रमण गर्न सक्दैनन् ।
शिल्पाका वकिलले अदालतमा अभिनेत्रीलाई एक युट्युब कार्यक्रमका लागि कोलम्बो जान परेको जानकारी गराएका थिए । कार्यक्रममा २५ देखि २९ अक्टोबर आयोजना भनिएको थियो ।
अदालतले वकिलसँग निमन्त्रणा समेत मागेको थियो । वकिलले जबसम्म यात्राको अनुमति मिल्दैन निमन्त्रणा पनि पठाउँदैनन् भन्ने जानकारी गराएका थिए ।
यस विषयमा अदालतले शिल्पा दम्पतीले पहिले ६० करोड भारु अदालतमा जम्मा गर्नु, त्यसपछि यस विषयमा बिचार गरिन्छ भनेको थियो । शिल्पा दम्पतीको मुद्दाको १४ अक्टोबरमा सुनुवाइ रहेको छ ।
केही अगाडि दीपक कोठारी, लोटस क्यापिटल फाइनान्सियल सर्भिसेज लिमिटेडका निर्देशक लगायतले शिल्पा शेट्टी र राज कुन्द्राविरूद्ध ६० करोड भारुभन्दा बढी ठगी गरेको उजुरी दर्ता गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण