प्रशिक्षक मिगुएल एन्जल रुसोको ६९ वर्षको उमेरमा निधन
सारांश
- बोका जुनियर्सका अर्जेन्टिनी प्रशिक्षक मिगुएल एन्जल रुसोको ६९ वर्षको उमेरमा निधन भयो।
- रुसो सन् २०१७ मा प्रोस्टेट क्यान्सरबाट पीडित थिए र उनले बोका जुनियर्सको तीन पटक नेतृत्व गरेका थिए।
- उनले बोकालाई २००७ मा कोपा लिबर्टाडोरेसको फाइनल जिताएका थिए र २०१९-२० मा अर्जेन्टिना सुपरलिगाको उपाधि दिलाए।
काठमाडौँ । बोका जुनियर्सका अर्जेन्टिनी प्रशिक्षक मिगुएल एन्जल रुसोको ६९ वर्षको उमेरमा निधन भएको छ ।
सन् २०१७ मा प्रोस्टेट क्यान्सर भएको पत्ता लागेपछि रुसो आफ्नो रोगका कारण क्लबमा दैनिक व्यवस्थापनको कामबाट बाहिरिन बाध्य भएका थिए ।
उनी पछिल्लो पटक २१ सेप्टेम्बरमा बोकाले अर्जेन्टिनाको प्राइमेरा डिभिजनमा सेन्ट्रल कोर्डोबासँग २–२ को बराबरी खेलेको खेलमा उपस्थित थिए।
बोका जुनियर्सले एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘हाम्रो क्लबमा अमिट छाप छोडेर गएका छन् ।’
उनको अनुपस्थितिमा रुसोका सहायक क्लाउडियो उबेदाले जिम्मेवारी सम्हालेका थिए । तर उनले आफ्नो प्रशिक्षण कर्मचारी र क्लबको उच्चपदस्थ अधिकारीहरूसँग नजिकको सम्पर्क राखेका थिए ।
साउदी अरेबियाको अल–नासरको पनि व्यवस्थापन गरेका रुसोले बोकाको तीन पटक नेतृत्व गरेका थिए । जसमा २००७ मा कोपा लिबर्टाडोरेसको फाइनलमा जित दिलाएका थिए र २०१९–२० अर्जेन्टिना सुपरलिगाको उपाधि सुरक्षित गरेका थिए । यस वर्ष उनले क्लबलाई क्लब विश्वकपमा पुगाएका थिए।
आफ्नो खेल जीवनमा रुसोले एस्टुडियन्टेसका लागि ४०० भन्दा बढी खेल खेले र अर्जेन्टिनाको लागि मिडफिल्डमा १७ खेल खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण