केन्द्रीय सुरक्षा समितिमा दुर्गा प्रसाईंले गर्न लागेको प्रदर्शनबारे छलफल
सारांश
- सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भयो।
- बैठकमा माइतिघर मण्डला र दुर्गा प्रसाईंको प्रदर्शनबारे छलफल भयो।
- आगामी दिनहरूमा सुरक्षा चुनौती र सुरक्षाकर्मी परिचालनबारे छलफल भएको थियो।
काठमाडौँ । सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ । बिहीबार बिहान गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक राखेका हुन्। बैठकमा ३ वटा सुरक्षा निकायका प्रमुखहरू र सैनिक प्रतिनिधि सहभागी थिए ।
केन्द्रीय सुरक्षा समितिमा माइतिघर मण्डलामा जेनजीका विभिन्न समूहले बिहीबार गर्ने भनेको प्रदर्शनबारे छलफल भएको छ । दुर्गा प्रसाईं नेतृत्वको समूहले छठपछि गर्ने भनेको प्रदर्शनबारे पनि छलफल भएको बैठकमा सहभागी सुरक्षा निकाय सम्बद्ध एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रसाईं नेतृत्वको प्रदर्शनमा हुनसक्ने सुरक्षा खतराको विश्लेषण गरिएको छ ।
अबका दिनमा हुनसक्ने सुरक्षा चुनौती र सुरक्षाकर्मी परिचालनबारे छलफल भएको छ । बैठकमा सहभागी एकजना अधिकृत भन्छन्, ‘समग्र शान्ति सुरक्षाको पछिल्लो अवस्था र सम्भावित सुरक्षा चुनौतीबारे छलफल भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण