शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

गाजामा शनिबारदेखि युद्धविराम लागू हुने, कहिले रिहा गरिनेछ इजरायली बन्धक ?

शुक्रबार, २४ असोज २०८२, १३ : ४१
शुक्रबार, २४ असोज २०८२

सारांश

  • इजरायलले युद्धविराम सम्झौता अनुमोदन गरेपछि शनिबार बिहान गाजामा युद्धविराम लागू हुने भयो।
  • ७२ घण्टाभित्र हमासको कब्जामा रहेका बन्धकहरूलाई रिहा गरिनेछ, जसमा नेपाली विपिन जोशीको अवस्था अज्ञात छ।
  • इजरायलले बन्धकको बदलामा प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ, र ट्रम्पलाई सम्झौताको लागि धन्यवाद दिइयो।

रफाह । इजरायली सरकारले युद्धविराम सम्झौता अनुमोदन गरेको २४ घण्टापछि शनिबार बिहान गाजामा युद्धविराम लागू हुने भएको छ । युद्धविराम सुरु भएको ७२ घण्टाभित्र बन्धकहरूलाई रिहा गरिनेछ । हमासको कब्जामा ४८ जना बन्दी छन् ।

यीमध्ये बिस जना बन्धकहरू अझै जीवित रहेको विश्वास गरिन्छ । नेपाली बन्धक विपिन जोशी र अर्का एक बन्दीको अवस्था अज्ञात छ भने अरू बन्दीको मृत्यु भइसकेको आशङ्का गरिएको छ । यी बन्धकहरूको बदलामा, इजरायलले आफ्नो जेलबाट सयौँ प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्झौताको वार्तामा सहयोग गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् । ट्रम्पले पेस गरेको २० बुँदे सम्झौतामा इजरायल र हमासले सहमति गरेका छन् ।

आफ्नै राजनीतिक उद्देश्यका लागि द्वन्द्व लम्ब्याएको आरोप खेपिरहँदा नेतान्याहूको सरकारले बिहीबार युद्धविरामलाई अनुमोदन गरेको थियो । यसैबिच, हमास गाजा प्रमुख खलील अल–हय्याले अमेरिका र अन्य मध्यस्थकर्ताहरूबाट युद्ध समाप्त भएको ग्यारेन्टी प्राप्त भएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप