शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
सम्पादकहरूसँग अन्तरक्रिया

राष्ट्रिय सहमतिबाट मात्रै सङ्कटको समाधान गर्न सकिन्छ : प्रचण्ड

शुक्रबार, २४ असोज २०८२, १४ : १६
शुक्रबार, २४ असोज २०८२

सारांश

  • माओवादी केन्द्रका संयोजक प्रचण्डले राजनीतिक संकट राष्ट्रिय सहमतिबाट समाधान गर्न सकिने बताए ।
  • उनले विगतमा राष्ट्रिय सहमतिबाटै समस्या समाधान भएको स्मरण गराए ।
  • प्रचण्डले संकटबाट पार पाउन दलहरूले अहङ्कार त्याग्नुपर्ने बताए ।

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकले सामना गरेका राजनीतिक सङ्कट राष्ट्रिय सहमतिबाट मात्रै समाधान गर्न सकिने बताएका छन् ।

विगतमा पनि राष्ट्रिय सहमति र समझदारीबाटै समाधान भएको स्मरण गराउँदै उनले वर्तमान सङ्कटको निकास पनि त्यही बाटोबाट खोज्नुपर्ने बताए ।

शुक्रबार ललितपुरमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तर्क्रियामा उनले हालको अवस्थालाई भयानक एपिसोडको संज्ञा दिँदै यसबाट पार पाउन सबै दलहरूले अहङ्कार र व्यक्तिगत स्वार्थ त्याग्नुपर्नेमा जोड दिए ।

प्रचण्डले देशको स्वतन्त्रता, अस्मिता र स्वाधीनताको रक्षाका लागि सबै राष्ट्रवादी, लोकतन्त्रवादी र देशभक्त शक्तिहरू एक हुनुको विकल्प नभएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप