स्विट्जरल्याण्डसँग पराजित भएपछि विश्वकप छनोटमा स्वीडेनलाई धक्का
सारांश
- स्विट्जरल्याण्डसँग पराजित भएपछि स्वीडेनको २०२६ विश्वकप छनोटको सम्भावना कमजोर बनेको छ।
- खेलमा ग्रानिट जाका र जोहान मान्जाम्बीले गोल गरे भने स्वीडेनले पोस्टमा प्रहार गर्न सकेन।
- पराजयपछि स्वीडेन समूह 'बी' मा पुछारमा छ, र प्रशिक्षक जोन डाहल टोमासनको राजीनामाको माग भएको छ।
स्टकहोम । स्विट्जरल्याण्डसँग पराजित भएपछि विश्वकप २०२६ मा छनोट हुने स्वीडेनको आशामा ठुलो धक्का लागेको छ।
स्वीडेनको घरेलु मैदानमा भएको खेलमा ६५ औँ मिनेटमा सन्डरल्यान्डका मिडफिल्डर ग्रानिट जाकाले पेनाल्टीमार्फत स्विट्जरल्याण्डलाई अग्रता दिलाएका थिए। बक्समा सेभियाका मिडफिल्डर डिजिब्रिल सोउलाई अलेक्जेन्डर बर्नहार्डसनले लडाएपछि पाएको पेनाल्टीमा जाकाले गोल गरेका हुन्।
थपिएको समयको चौथो मिनेटमा फ्रेइबर्गका मिडफिल्डर जोहान मान्जाम्बीले गोल गरेपछि स्विट्जरल्याण्डको जीन निश्चित भयो। उनको प्रहार एट्लान्टाका डिफेन्डर इसाक हिएन लाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो।
खेल सकिएपछि घरेलु समर्थकहरूको एक समूहले स्वीडेनका प्रबन्धक जोन डाहल टोमासनविरुद्ध नाराबाजी गर्दै उनलाई राजीनामा दिन माग गरेका थिए।
आक्रमणमा आर्सनलका स्ट्राइकर भिक्टर ग्योकेरेस र लिभरपुलका फरवार्ड अलेक्जेन्डर इसाकजस्ता खेलाडी भए पनि, घरेलु टोली स्वीडेनले खेलमा एक पटक पनि पोस्टमा प्रहार गर्न सकेन।
यो पराजयपछि स्वीडेन समूह ‘बी’ मा तीन खेलबाट एक अङ्क सहित पुछारमा छ। शीर्ष स्थानमा रहेको स्विट्जरल्याण्डभन्दा टोली आठ अङ्कले पछाडि छ। चार अंकसहित दोस्रो स्थानमा रहेको कोसोभोले सोमबार स्वीडेनसँग खेल्नेछ। स्वीडेन २०१८ को विश्वकपको क्वाटरफाइनलमा पुगे पनि सन् २०२२ मा भने छनोट हुन सकेको थिएन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण