मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
क्रिकेट

टी-२० विश्वकप छनोट : तीन स्थानका लागि ६ टोली आमनेसामने

शनिबार, २५ असोज २०८२, १५ : ००
शनिबार, २५ असोज २०८२

सारांश

  • नेपाल, यूएई र ओमान टी-२० विश्वकप एसिया छनोटको सुपर सिक्समा प्रवेश गरेका छन्।
  • नेपालले जापानलाई हरायो, भने यूएई र ओमानले पनि आ-आफ्ना खेल जिते।
  • सुपर सिक्स चरणबाट टी-२० विश्वकप २०२६ का लागि अन्तिम तीन टोलीको टुङ्गो लाग्नेछ।

काठमाडौँ । नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमान आईसीसी पुरुष टी-२० विश्वकप एसिया/पूर्वी एसिया-प्रशान्त छनोटको समूह चरणमा अपराजित रहँदै सुपर सिक्स चरणमा प्रवेश गरेका छन्। यो सुपर सिक्सबाट आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वव्यापी प्रतियोगिताका लागि अन्तिम तीन स्थानको टुङ्गो लाग्नेछ।

यी तीन टोलीले समूहमा दोस्रो स्थानमा रहेका टोलीहरू (क्रमशः कतार, जापान र सामोआ) लाई हराएका कारण २-२ क्यारी ओभर अङ्क लिएर अर्को चरणमा प्रवेश गरेका छन्।

समूह चरणमा तेस्रो स्थानमा रहेका कुवेत, मलेसिया र टी-२० विश्वकप २०२४ मा सहभागी पपुवा न्युगिनी (पीएनजी) भने प्रतियोगिताबाट बाहिरिएका छन्।

558875680_1263805959109115_4233061631425772663_n

  • नेपालको यात्रा

नेपालले पहिलो दिन कुवेतलाई पन्छाएपछि समूहको शीर्ष स्थानका लागि भएको प्रतिस्पर्धामा जापानलाई पनि हराएको थियो। जापानविरुद्ध १३२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ९० रनमा ५ विकेट गुमाएर केही धर्मराएको थियो। तर, गुल्सन झा (२० बलमा २८ रन अविजित) र दीपेन्द्र सिंह ऐरी (१४ रन अविजित) ले शान्त प्रदर्शन गर्दै टोलीलाई जित दिलाए। जापानका कप्तान केन्डेल काडोवाकी-फ्लेमिङले ६० रन बनाए पनि स्पिनर सन्दीप लामिछाने र गुल्सन झाले जापानको रन गति नियन्त्रणमा राखेका थिए।

  • जापानको सनसनीपूर्ण जित

समूह चरणमा जापानले सबैभन्दा ठूलो सनसनी मच्चायो। जापानले कुवेतलाई प्रतियोगिताबाट बाहिर पठाउँदै आफ्नो राष्ट्रिय इतिहासकै उत्कृष्ट लक्ष्य पछ्याउने क्रममा १७८ रनको विशाल लक्ष्य सहजै पूरा गरेको थियो। 

डेब्यु खेल खेलिरहेका एस्साम रहमानले ३९ बलमा ९ चौका र २ छक्कासहित ६४ रन को सानदार प्रदर्शन गरे भने साबारिश रविचन्द्रन र इब्राहिम ताकाहाशीले पनि महत्वपूर्ण योगदान दिएका थिए।

Untitled-1

  • यूएई र ओमान पनि बलिया

यूएईले कतार र मलेसियालाई हराउँदै समूहको शीर्ष स्थानमा रह्यो। मलेसियाविरुद्धको खेलमा कप्तान मोहम्मद वसिमले ५३ बलमा ८४ रन को विस्फोटक इनिङ्स खेल्दै टोलीलाई जित दिलाए।

यस्तै, ओमानले समूह चरणको अन्तिम रात पीएनजीलाई ५२ रनले पराजित गर्दै समूहमा अपराजित यात्रा कायम राख्यो। पीएनजीलाई हराएसँगै अर्को टी-२० विश्वकप २०२४ मा सहभागी टोली पीएनजी पनि प्रतियोगिताबाट बाहिरिएको छ। ओमानको जितमा विनयक शुक्लाले २४ बलमा ४८ रनको आक्रामक इनिङ्स खेले। यस्तै, शाह फैजल र शकील अहमद ले उत्कृष्ट बलिङ गर्दै पीएनजीलाई कम योगफलमा रोके।

पीएनजीलाई हराएको सामोआ पनि दोस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको छ।

सुपर सिक्स चरणको खेलहरू आइतबारदेखि सुरु हुनेछन्, जसबाट टी-२० विश्वकप २०२६ का लागि अन्तिम तीन टोलीको टुङ्गो लाग्नेछ। 

आइतबार हुने पहिलो खेलमा ओमान र कतार आमनेसामने हुनेछन् भने दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी यूएईको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप