शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मेची राजमार्ग भोलिसम्म अस्थायी रूपमा खुल्छ : मन्त्री घिसिङ

शनिबार, २५ असोज २०८२, १४ : २३
शनिबार, २५ असोज २०८२

सारांश

  • भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले भोलिसम्म मेची राजमार्ग खुलाउने बताएका छन्।
  • मन्त्री घिसिङले मेची राजमार्गको विकल्प सडक निर्माणको अध्ययन गरिने बताए ।
  • इलाममा बाढीपहिरोबाट भएको क्षतिको निरीक्षणपछि मन्त्रीले राहत र पुनर्निर्माणलाई प्राथमिकता दिने बताए।

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले मेची राजमार्ग भोलिसम्म अस्थायी रूपमा खुलाउने बताएका छन् । शनिबार इलामको बाढी–पहिरोले क्षतिग्रस्त स्थानको स्थलगत निरीक्षणमा पुगेका मन्त्री घिसिङले भोलिसम्म उक्त राजमार्ग खोल्ने आश्वासन दिएका हुन् । 

यस्तै उनले मेची राजमार्गको विकल्प सडक निर्माणका लागि अध्ययन गरिनेसमेत बताएका छन् ।  ‘मेची राजमार्गको विकल्पमा अध्ययन गरेर सडक निर्माण गछौँ । इलाममा ठुलो विपद् आइपरेको छ । सरकारको तर्फबाट राहत वितरण र पुनर्निर्माणलाई प्राथमिकता दिएका छौँ । इलाम जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको छ,’ मन्त्री घिसिङले भने, ‘अब पूर्वाधार निर्माण गरी पुनर्स्थापना गर्ने काम गछौँ ।’ 

मन्त्री घिसिङसँगै गृह सचिव रामेश्वर दंगाल, भौतिक पूर्वाधार तथा यातायात सचिव केशव कुमार शर्मा, नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ लगायतको टालीले प्रभावित क्षेत्रहरूको निरीक्षण एवम् प्रभावितलाई राहत वितरण गरेको थियो । उनले सरकारले विपद् पछिको राहत वितरण तथा पुनर्स्थापनाको कार्यलाई विशेष प्राथमिकताको साथ तिनै तहका सरकारहरू मिलेर अगाडी बढाइने समेत बताए ।

पहिरोका कारण इलाम नगरपालिका वडा नम्बर १० स्थित माईटापुका २६ घर परिवार विस्थापित भएका थिए । उक्त विस्थापित परिवारको अस्थायी आवासको निरीक्षण तथा राहत वितरण गर्दै मन्त्री घिसिङले ‘सरकार तपाईँहरूको साथमा रहेको’ बताउँदै पुनर्स्थापनाको रूपमा स्थायी संरचना निर्माण गर्ने कार्य तुरुन्त अघि बढाइने समेत बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप