पर्सामा भोलिदेखि हैजाको खोप दिइने
सारांश
- पर्साका १४ वटै स्थानीय तहमा हैजाविरुद्धको खोप अभियान असोज २६ गतेदेखि सुरु हुने भएको छ।
- स्वास्थ्य कार्यालयका अनुसार, यो खोप अभियानले हैजाको संक्रमण कम गर्न मद्दत गर्नेछ र एक वर्षभन्दा माथिका सबैलाई खोप दिइनेछ।
- स्वास्थ्य सेवा विभागले पर्सा र बाराका लागि १० लाख १८ हजार एक सय मात्रा खोप पठाएको छ।
वीरगञ्ज । पर्साका १४ वटै स्थानीय तहमा सोमबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पर्सामा गत भदौको पहिलो साता हैजाको सङ्क्रमणका बिरामी देखा परेका थिए ।
स्वास्थ्य कार्यालय पर्साले आज यहाँ आयोजित हैजाविरुद्ध प्रतिकार्य खोप अभियान सञ्चालनबारे जिल्लास्तरीय सरोकारवाला निकायको अभिमुखीकरण कार्यक्रममा पर्साका १४ वटै पालिकामा असोज २६ देखि आगामी कात्तिक २ गतेसम्म हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्ने जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले आइतबारदेखि पर्सा जिल्लामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिए । ‘यहाँ भदौको पहिलो साता हैजाका बिरामी देखा परेकाले पनि खोप अभियान सञ्चालन गर्न लागेका हौँ । यो खोप अभियानले हैजाको सङ्क्रमण न्यूनीकरण गर्न सघाउ पुग्ने विश्वास लिएका छौँ ।’
उक्त अभियानका निम्ति स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले १० लाख १८ हजार एक सय मात्रा खोप पर्सा र बारामा पठाएको जनायएको छ । यो अभियानमा एक वर्षभन्दामाथि उमेर समूहका सबैलाई खोप दिइनेछ । प्रतिकार्यस्वरूप सञ्चालन गर्न लागिएको हैजाविरुद्धको अभियानमा एकपटक खोप दिइनेछ ।
यो मुखबाट खुवाइने खोप हो । यो सुरक्षित रहेको महाशाखाले जनाएको छ । यो खोप एक वर्षभन्दा माथिको उमेरका सबैले खानुपर्छ । गर्भवती र स्तनपान गराइरहने महिलालाई पनि यो खोप दिन सकिने जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए । बारामा असोज २९ देखि सुरु गरेर तिहारअघि सकाउने महाशाखाको योजना छ ।
जनस्वास्थ्य अधिकृत ठाकुरले आइतबार पर्साका प्रमुख जिल्ला अधिकारीसहित उच्च पदस्थ सरकारी अधिकारीसहित सर्वसाधारणका लागि खोप अभियान शुभारम्भ गर्ने कार्यक्रम रहेको जानकारी दिए । उनका अनुसार पर्सामा छ लाख ५२ हजार ११९ जनालाई खोप दिइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण