एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बोलाउन माग
सारांश
- एकीकृत समाजवादीका नेताहरूले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन्।
- बैठकमा वामपन्थी दलहरूसँगको सहकार्य र एकताका विषयमा छलफल हुनेछ।
- फरक राजनीतिक पृष्ठभूमि भएका दलहरूसँग एकता गर्दा नीति र नेतृत्व व्यवस्थापनबारे अध्ययन गरिनेछ।
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अधिकांश नेताहरूले केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन् । निर्वाचन अगाडि समान विचारधारा भएका दलहरूबिच तथा वाम–समाजवादी पार्टीहरूको सहकार्य र एकताबारे विस्तृत रूपमा आन्तरिक छलफल गरी टुङ्गो लगाउन उनीहरुले बैठकको माग गरेका हुन् ।
पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपाध्यक्ष प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, सचिव बलदेव चौधरी, गरिमा शाह, जीवनराम श्रेष्ठ, विजय पौडेल, रामकुमारी झाँक्री, अशेष घिमिरे, दामोदर अर्याललगायत कार्यसमितिका अधिकांश नेताहरूले केन्द्रीय कमिटी बैठकबाट छलफल गरी टुङ्गो लगाउन सुझाव दिएका छन् ।
केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले एकता गर्दा पार्टीको राजनीतिक दृष्टिकोण, सैद्धान्तिक आधार, पछिल्लो पुस्ताका मागअनुसार राजनीतिक कार्यक्रम तथा दीर्घकालीन प्रभाव पार्ने नेतृत्वका विषयमा विश्लेषण गर्न अविलम्ब बैठक बोलाउन आवश्यक रहेको बताए । उनले फरक राजनीतिक पृष्ठभूमि भएका दलहरूबिच एकता गर्दा नीति, नेतृत्व, सक्षमता तथा योग्यताअनुसार नेताहरू व्यवस्थापनलगायत विषयमा सूक्ष्म अध्ययन गर्न पार्टी मातहतका कमिटी, सबै जनवर्गीय सङ्गठनका सुझावलाई प्राथमिकतामा राखेर निर्णय लिन बैठकको मिति र स्थान छिट्टै तय गर्नुपर्ने बताए ।
नेकपा (एमाले) सहित बृहत् वाम एकता गर्ने तथा समाजवादी मोर्चा आबद्ध दलहरूबिच एकता गर्ने भन्ने विषयमा नेताहरूबिच फरकफरक मत छ । मुलुकमा विद्यमान संविधान तथा लोकतान्त्रिक प्रणालीको रक्षाका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिने निर्णय गरेको सो पार्टीले भयरहित र निष्पक्ष निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । गत भदौ अन्तिम साता केन्द्रीय कमिटीको बैठक आह्वान गरेको भए पनि जेनजीको आन्दोलनका कारण बैठक स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण