पाकिस्तान-अफगानिस्तान सीमामा भीषण भिडन्त, तीन पोस्ट कब्जा गरेको तालिबानको दाबी
सारांश
- शनिबार राति तालिबानले पाकिस्तान-अफगानिस्तान सीमामा पाकिस्तानी पोस्टहरूमा आक्रमण गर्यो, दुई पक्षबीच गोली हानाहान भयो।
- अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार, पाकिस्तानी हवाई हमलाको बदला स्वरूप यो कारबाही भएको हो।
- तालिबानले तीन पाकिस्तानी सीमा चौकीहरू कब्जा गरेको दाबी गरेको छ, भने पाकिस्तानले धेरै अफगान पोस्टहरू नष्ट गरेको बताएको छ।
काबुल । यस हप्ता काबुलमा पाकिस्तानी हवाई हमलापछि शनिबार राति पाकिस्तान-अफगानिस्तान सीमामा तालिबानले पाकिस्तानी पोस्टहरूमा आक्रमण गरेको छ । दुवै देशका सुरक्षा अधिकारीहरूका अनुसार आक्रमणसँगै दुई पक्षबिच गोली हानाहान भएको हो।
पाकिस्तानी सुरक्षा अधिकारीहरूले अफगानिस्तानबाट भएको ‘अप्रत्याशित गोलाबारी’को ‘पूर्ण शक्ति’का साथ जवाफ दिइरहेको बताएका छन्। उनीहरूका अनुसार सीमाका छ भन्दा बढी स्थानमा गोली हानाहान भएको थियो।
यता, तालिबान सेनाले तीन पाकिस्तानी सीमा चौकीहरू कब्जा गरेको दाबी गरेको छ। पाकिस्तानी सुरक्षा अधिकारीहरूले पनि आफ्नो सेनाले धेरै अफगान पोस्टहरू नष्ट गरेको बताएका छन्।
पाकिस्तानी सुरक्षा अधिकारीहरूले साझा गरेको भिडियो फुटेजमा अफगानिस्तानतर्फ बन्दुक र तोपको गोला प्रहार भइरहेको देखाइएको छ ।
पाकिस्तानी हवाई हमलाको बदला
अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खोवारजमीले पाकिस्तानले अफगान हवाई क्षेत्रको उल्लङ्घन गरेको कारण यो बदलाको कारबाही भएको बताए। उनले स्थानीय समयअनुसार मध्यरातमा आक्रमण समाप्त भएको जानकारी दिए।
खोवारजमीले भने, ‘यदि विपक्षी पक्षले फेरि अफगानिस्तानको हवाई क्षेत्रको उल्लङ्घन गरेमा, हाम्रा सशस्त्र बलहरू आफ्नो हवाई क्षेत्रको रक्षा गर्न तयार छन् र कडा जवाफ दिनेछन्।’
भिडन्त समाप्त भयो वा भएन भन्नेबारे पाकिस्तानबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन। दुई देशबिचको सीमा २,६०० किलोमिटर लामो छ।
इस्लामावादले अफगान तालिबान प्रशासनलाई पाकिस्तानी तालिबानका लडाकुहरूलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ । साथै उनीहरूले भारतको समर्थनमा पाकिस्तानमा आक्रमण गर्ने गरेको उनीहरू बताउँछन्। नयाँ दिल्लीले भने यो आरोप अस्वीकार गर्छ ।
त्यसैगरी, तालिबानले उनीहरूको भूमि अन्य देशविरुद्ध प्रयोग गर्न नदिएको बताउँछन्।
एक पाकिस्तानी सुरक्षा अधिकारीले यस हप्ता रोयटर्सलाई दिएको जानकारी अनुसार हवाई हमला काबुलमा गाडीमा यात्रा गरिरहेका पाकिस्तानी तालिबान लडाकु समूहका नेतालाई लक्षित थियो। उनी बाँचे वा बाँचेनन् भन्ने स्पष्ट छैन।
तालिबान प्रशासनका विदेश मन्त्रीले यस हप्ता भारतको भ्रमण गरेका थिए। सन् २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि कुनै वरिष्ठ तालिबान अधिकारीको यो पहिलो यस्तो यात्रा हो र दुई पक्षले सम्बन्धलाई स्तरोन्नति गर्न सहमत भएका छन्। यो भ्रमणले पाकिस्तानमा थप चिन्ता बढाएको छ।
सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण