जसपा नेपालको मधेस प्रदेश अधिवेशनको तयारी पूरा
सारांश
- जसपा नेपालको मधेस प्रदेश अधिवेशन जनकपुरधाममा असोज २७ र २८ गते हुने भएको छ ।
- अधिवेशनमा ५ सय प्रतिनिधि र १ सय पर्यवेक्षकको सहभागिता रहनेछ, जसको उद्घाटन अध्यक्ष उपेन्द्र यादवले गर्नेछन् ।
- अधिवेशनमा पार्टीले संविधान संशोधन, प्रत्यक्ष कार्यकारी राष्ट्रपति लगायतका एजेन्डा उठाउनेछ ।
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश अधिवेशनका सम्पूर्ण तयारी पूरा भएको छ । आगामी असोज २७ र २८ गते जनकपुरधाममा हुने अधिवेशनका लागि प्रदेशभरिबाट प्रतिनिधि छनोटको काम लगभग सम्पन्न भइसकेको पार्टीले जनाएको छ ।
जनकपुरधाममा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश अध्यक्ष बालकिशोर यादवले अधिवेशनमा ५ सय प्रतिनिधि र १ सय पर्यवेक्षकको सहभागिता रहने जानकारी दिएका छन् । अधिवेशनको उद्घाटन सत्र पार्टी अध्यक्ष उपेन्द्र यादवले असोज २७ गते गर्ने कार्यक्रम तय गरिएको उनले जानकारी दिए ।
यादवका अनुसार देश अहिले विषम राजनीतिक परिस्थितिमा रहेका बेला हुने यो अधिवेशन पार्टीका दृष्टिले विशेष महत्वको रहेको छ । उनका अनुसार जसपाले संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, न्याय प्रणालीको पुनर्संरचना, संवैधानिक अदालतको स्थापना, सामाजिक न्याय र सुशासनको प्रत्याभूति तथा भ्रष्टाचारको अन्त्य जस्ता एजेन्डा निरन्तर उठाउँदै आएको छ ।
“यी मुद्दाहरू अहिले नयाँ पुस्ता ‘जेन जेड’ ले पनि जोडतोडका साथ उठाउन थालेका छन्, जसलाई हामी एक दशकदेखि अघि सार्दै आएका हौं,” अध्यक्ष यादवले भने। उनका अनुसार यी विषयहरू यो अधिवेशनमा पनि प्रमुख रूपमा उठाइनेछ ।
पार्टी स्रोतका अनुसार अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ। अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष बालकिशोर यादव र केन्द्रीय सदस्य योगेन्द्र राय यादव आकाङ्क्षी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण