आँखाको रङ्गले बताइदिन्छ तपाईँको स्वास्थ्य अवस्था
सारांश
- आँखाको रङमा आउने परिवर्तन स्वास्थ्य समस्याको संकेत हुन सक्छ, जसमा जन्डिस, फ्रिकल्स र नेवी जस्ता समस्याहरू समावेश छन्।
- आँखा पहेँलो हुनु जन्डिसको संकेत हो, जसमा छाला र आँखा पहेँलो देखिन्छन् किनभने कलेजोले राम्रोसँग काम गर्दैन।
- आइरिस फ्रिकल्स र नेवीजस्ता परिवर्तनहरू यूभी किरणको सम्पर्क र मेलानोसाइट्सको कारणले गर्दा देखिन्छ, जसले क्यान्सरको जोखिम बढाउन सक्छ।
काठमाडौँ । आँखाले हामीलाई संसार देखाउँछ । तर यही आँखामा हाम्रो स्वास्थ्यको प्रतिबिम्ब पनि हुन सक्छ ? के तपाईँलाई यो कुरा थाहा छ ? अमेरिकन सोसाइटी अफ अप्थाल्मोलोजीका अनुसार आँखाको रङमा परिवर्तन विरलै हुन्छ ।
कहिलेकाहीँ तपाईंको आँखा र नानीहरूको सेतो भागको रङ परिवर्तन भएको देखिन सक्छ । यो प्रकाश र चमक जस्ता विभिन्न कारणले हुन्छ । आँखाको रङमा आउने परिवर्तन कहिलेकाहीँ अन्तर्निहित रोगहरूको सङ्केत पनि हुन सक्छ ।
आँखाको रङमा परिवर्तन वा विभिन्न रङहरूको उपस्थिति जीन, रोग, औषधि र आघात सहित धेरै कारकहरूको कारण हुन सक्ने अमेरिकाको मेरील्याण्डका आँखा विशेषज्ञ उमर चौधरीले अमेरिकन सोसाइटी अफ अप्थाल्मोलोजीलाई भनेका छन् ।
आँखाको रङ परिवर्तन सामान्यतया हानिरहित भए । यद्यपि, यो केही चिकित्सा समस्याहरूको सङ्केत पनि हुन सक्छन् । आँखाको रङमा परिवर्तन आइरिस वा आँखाको अन्य भागहरूमा पनि हुन सक्छ । आजको यस लेखमा हामी यस्तै केही परिवर्तन र तिनले गर्ने संकेतबारे कुराकानी गर्नेछौंः
आँखा पहेँलो हुनुः
आँखा पहेँलो हुनु भनेको जन्डिसको सङ्केत हो । जन्डिसले छाला, आँखा र म्युकस मेम्ब्रेन्स पनि पहेँलो देखिन्छ । रगतमा बिलिरुबिन भनिने पहेँलो पदार्थको स्तर बढ्दा यस्तो हुन्छ । कलेजोले राम्रोसँग काम नगरेपछि शरीरमा बिलिरुबिन जम्मा हुन्छ, जसले गर्दा व्यक्तिको छाला र सेतो भाग पहेँलो देखिन थाल्छ ।
आइरिस फ्रिकल्सः
आइरिस फ्रिकल्स भनेको आँखाको आइरिसमा देखा पर्ने स–साना धब्बाहरू हुन् । मेलानिन जम्मा भएपछि आइरिस फ्रिकल्स देखिन थाल्छ । यूभी किरणको बढी सम्पर्कमा रहँदा यो समस्या आउँछ । यी धब्बाहरू हानीरहित हुन्छ । यसले आँखाको दृष्टिमा सिधै असर पार्दैन । तपाईँले पनि आफ्नो आँखामा यस्तो कुनै परिवर्तन देख्नुभयो भने तुरुन्तै यूभी किरणहरूबाट आफूलाई जोगाउनुहोस् अनि आँखाको डाक्टरसँग परामर्श लिनुहोस् ।
आइरिस नेवीः
आँखामा देखिने तिलजस्ता ठुला दागहरूलाई आइरिस नेवी भनिन्छ । मेलानोसाइट्स भनिने पिग्मेन्ट कोषहरूको कारण यो समस्या देखिन्छ । तिनीहरू सामान्यतया बिस्तारै बढ्छन् । तर यसले क्यान्सरको जोखिम निम्त्याउन सक्छन् । आइरिस नेभी आइरिस फ्रिकल्स जत्तिकै सामान्य छैनन् । यस अवस्थामा तुरुन्तै चिकित्सा सल्लाह लिनु पर्छ ।
लिश नोड्युल्सः
आइरिसमा देखा पर्ने स–साना गाँठाहरू लाई लिश नोड्यूल्स भनिन्छ । न्यूरोफाइब्रोमेटोसिस भन्ने भन्ने रोग भएका मानिसहरूमा यो समस्या देखिन्छ । यो एक स्नायु प्रणालीमा हुने विकार हो, जसले स्नायु प्रणालीको कोषहरूमा साना ट्युमरहरू विकास गर्दछ । तर यस्ता ट्यूमर हानि नगर्ने खालका हुन्छन् । यो आनुवंशिक रोग हो तर यसले सामान्यतया दृष्टिलाई असर गर्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण