रौतहटमा ब्राउन सुगरसहित चारजना पक्राउ
सारांश
- रौतहटको गुजरा नगरपालिकाबाट प्रहरीले ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।
- प्रहरीले काठमाडौंका कोमन गुरुङ र सिन्धुलीका मनिष घलानलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको थियो।
- सञ्जु थिङको घरबाट ब्राउन सुगर, नाइट्रोजेपाम ट्याब्लेट र नगद बरामद गरिएको छ।
रौतहट। रौतहटको गुजरा नगरपालिका–२, कटानी टोलबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित चारजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये दुई-दुईजनालाई कटानीटोलको छुट्टाछुट्टै स्थानबाट समातिएको प्रहरीले जनाएको हो।
शनिबार राति करिब ९:३० बजे विशेष सूचनाको आधारमा प्रहरी टोलीले काठमाडौँका कोमन गुरुङ (२०) र सिन्धुलीका मनिष घलान (२१) लाई नियन्त्रणमा लिएको थियो। खानतलासीका क्रममा मनिष घलानको पाइन्टको गोजीबाट कालो प्लास्टिकमा बेरेर लुकाइएको ९.३०० ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको थियो।
उनीहरूको बयान र थप अनुसन्धानका आधारमा प्रहरीले आइतबार बिहान करिब ९:३० बजे कटानी टोलकै ज्ञानबहादुर थिङ (सञ्जु) (४०) र आजत अन्सारी (२०) लाई पनि नियन्त्रणमा लियो।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डिएसपी रुपा लाबुङका अनुसार, सञ्जु थिङको घर खानतलासी गर्दा स-साना २० पुरिया ब्राउन सुगरजस्तो देखिने पदार्थ (१.८६० ग्राम), 'Nitrazepam' लेखिएका १३ थान ट्याबलेट र नगद रू. ६५,१०० बरामद भएको छ। बरामद लागूऔषधको प्रारम्भिक परीक्षण भइरहेको र चारै जनामाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण