वायुसेवा निगमका घोटालाको छानबिन गर्न जेनजीको माग
सारांश
- जेनजी नेपाल समूहले नेपाल वायुसेवा निगममा भएका भ्रष्टाचारको छानबिन र दोषीलाई कारबाहीको माग गरेको छ।
- समूहले वाइडबडी र लाउडा एयर घोटालाका दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।
- जेनजीले निगमलाई पारदर्शी बनाउन र दुर्गम क्षेत्रमा हवाई पहुँच सहज बनाउन पनि माग गरेको छ।
काठमाडौँ । जेनजी नेपाल समूहले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा भएका अनियमितता र भ्रष्टाचारका घटनाहरूको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ। जेनजी समूहका अन्तरिम वार्ता समितिका सहसंयोजक अर्जुन शाहीको नेतृत्वमा आइतबार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भेटेर ज्ञापनपत्र बुझाएको हो।
शाहीले वाइडबडी र लाउडा एयर घोटालाको छानबिन गरी अदालतबाट दोषी ठहर भएर पनि कार्यान्वयन नभएकाहरूलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको बताए। निगमलाई पारदर्शी बनाउन, दुर्गम क्षेत्रका लागि सस्तो र सहज हवाई पहुँच सुनिश्चित गर्न तथा अनावश्यक करार कर्मचारीको सङ्ख्या कटौती गर्न पनि जेनजीले माग गरेको छ। मागहरू पूरा नभए सबै पदाधिकारीले स्वेच्छिक राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने उनीहरूको भनाइ छ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले २०४६ सालपछि निगममा चरम राजनीतिक हस्तक्षेप भएको स्वीकार गर्दै जेनजीले उठाएका वाइडबडी र लाउडा लगायतका घटना सोही अवधिमा भएको बताए। उनले जहाज खरिदमा मात्र नभई 'ग्राउन्डेड' गराएर बिक्री गर्दा पनि अनियमितता हुने गरेको पाइएको उल्लेख गरे।
जेनजी समूहले सबै भ्रष्टाचार प्रकरणहरूको स्वतन्त्र छानबिन आयोग गठन गरी ३० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्न तथा २०४७ सालपछि नियुक्त सबै कर्मचारी र पदाधिकारीहरूको सम्पत्ति विवरण २१ दिनभित्र सार्वजनिक गर्न माग गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण