अन्तिम ओभरमा दीपेन्द्र चम्किँदा यूएईविरुद्ध नेपाल एक रनले विजयी
काठमाडौँ । अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरी चम्किँदा नेपालले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा यूएईमाथि रोमाञ्चक जित निकालेको छ ।
आइतबार भएको खेलमा नेपाल यूएईमाथि एक रनले विजयी भएको हो ।
१४१ रनको लक्ष्य पछ्याएको यूएईले पूरा ओभर खेल्दै ९ विकेटको क्षतिमा मात्र १३९ रन बनाउन सक्यो ।
आइतबार साँझ भएको खेलमा यूएईका लागि अलिशान शराफुले ५८ रनको अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन्, ४० बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै ध्रुव प्रशारले पनि ३२ रन बनाउँदा जोनाथन फिगी १९ रन बनाए ।
नेपालका लागि ऐरीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै सोमपाल कामी, गुलशन झा र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो । नेपालका लागि आसिफ शेखले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । ४७ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै कुशल भुर्तेलले २८ रन बनाउँदा रोहित कुमार पौडेलले २० रनको योगदान गरे । नेपालका गुलशन झाले ४ बलमा १४ रन बनाए पाँचौँ बलमा आउट भए भने कुशल मल्लले मात्र १० रन बनाए ।
यूएईका लागि बलिङतर्फ जुनाइद सिद्धकी, मोहम्मद रोहिद, हाइदर अली, हर्सित कौसिक, जहिद अली र ध्रुव प्रशारले एक–एक विकेट लिए ।
आजको जितसँगै नेपालले सुपर सिक्समा २ खेलबाट ४ अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण