रौतहटमा डुबेर तीन बालिकाको मृत्यु, चारजना बाँच्न सफल
सारांश
- रौतहटमा पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ, भने चार जना पौडी खेलेर बाँच्न सफल भए।
- मृत्यु हुनेमा आस्था कुमारी बैठा, रजनी कुमारी यादव र मौसमी कुमारी बैठा रहेका छन्।
- उद्धार गरिएका बालिकाहरूलाई अस्पताल लगिएपछि चिकित्सकले मृत घोषणा गरे।
रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका-१, कानुपट्टीस्थित भित्री सडकखण्डमा सोमबार बिहान पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। सोही घटनामा चार बालिका भने पौडी खेल्दै बाँच्न सफल भएका छन्।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार मृत्यु हुनेहरूमा इन्दल बैठाकी १३ वर्षीया छोरी आस्था कुमारी बैठा, नवल यादवकी १५ वर्षीया छोरी रजनी कुमारी यादव, र रूपा बैठाकी १५ वर्षीया छोरी मौसमी कुमारी बैठा रहेका छन्।
राजदेवी नगरपालिका–८, लक्ष्मीपुर टोलका सात जना बालिकाहरू बिहान करिब पौने ११ बजेतिर घाँस काट्न गौरतर्फ आउँदै गर्दा बाटोमा बाढीको पानी जमेको खाल्डोमा तैरिँदै जाँदा डुबेर बेपत्ता भएका थिए। सात बालिकामध्ये चार जना सकुशल तैरिन सफल भए पनि तीन जना पानीमा डुबेर बेपत्ता भएका थिए।
बेपत्ता बालिकाहरूको खोजीका लागि सशस्त्र प्रहरी बल गौर रौतहटबाट प्रहरी निरीक्षक गोपाल सहनीको कमाण्डमा ६ जना, जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी नायब निरीक्षक तुलप्रसाद पुडासैनीको कमाण्डमा दैविक प्रकोप सामग्रीसहित ७ जना, सशस्त्र प्रहरी निरीक्षक भुवन घिमिरेको कमाण्डमा ११ जना र वीर दल गण पुरेनवाबाट मेजरको कमाण्डमा १९ जनाको टोली खटिएको थियो।
डुबेर बेपत्ता भएका तीनै जना बालिकालाई करिब पौने १२ बजे उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो। अस्पतालमा करिब १२ बजेर ९ मिनेटमा चिकित्सकले ईसीजी परीक्षणपछि तीनै जनालाई मृत घोषणा गरेका थिए।
सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी रामहरि अधिकारीका अनुसार सकुशल रहेका बालिकाहरूमा १५ वर्षीया मुस्कान कुमारी राम, १३ वर्षीया मुस्कान कुमारी बैठा, १० वर्षीया चन्द्रमुखी कुमारी राम र १५ वर्षीया सुनिता कुमारी बैठा रहेका छन्।
मृतक तीनै जनाको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ। घटना भएको स्थान सशस्त्र प्रहरी बल गौर रौतहटको गार्ड कार्यालयदेखि करिब ५० मिटर पूर्वतर्फ पर्ने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण