लमजुङमा अरिङ्गालले टोकेर एक वृद्धको मृत्यु
सोमबार, २७ असोज २०८२, १३ : ५२
सारांश
- लमजुङमा अरिङ्गालले टोकेर घाइते भएका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ।
- बेँसीसहर नगरपालिकाका ८२ वर्षीय यज्ञनिधि तिवारीलाई अरिङ्गालले टोकेको थियो।
- उपचारका लागि चितवन लगिएका तिवारीको पुरानो मेडिकल कलेजमा मृत्यु भयो।
लमजुङ । यहाँ अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ । आइतबार साँझ अरिङ्गालले टोकेर घाइते भएका बेँसीसहर नगरपालिका–११ चितिका ८२ वर्षीय यज्ञनिधि तिवारीको पुरानो मेडिकल कलेज चितवनमा गए राति उपचारका क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद जोशीले बताए ।
उनले भने- ‘बाटोमा हिँड्ने क्रममा कसैले जिस्काएको अरिङ्गालले टोकेर घाइते हुनुभएको थियो, तत्काल उपचारका लागि बेँसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा लगिए पनि थप उपचारका लागि आइतबार साँझ चितवन लगिएको थियो ।’
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाहले तिवारीको मृत्यु भएको तथा शव परीक्षण चितवनमा नै हुने र त्यहीँबाट परिवारले बुझ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण