संगम र रूपेशको गीत ‘चेली माइती’ सार्वजनिक
सोमबार, २७ असोज २०८२, १५ : १२
सारांश
- तिहार नजिकिँदै गर्दा ‘चेली र माइती’ बोलको गीत सार्वजनिक भएको छ।
- गीतमा माया, पिरती र माइती घरको भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ।
- गीतमा विभिन्न गायक/गायिकाहरूको स्वर रहेको छ र उमेश कार्कीले भिडियो निर्देशन गरेका छन्।
काठमाडौँ । तिहार नजिकिँदै गर्दा गीत ‘चेली माइती’ सार्वजनिक गरिएको छ । संगम थापा र रूपेश दानीको शब्द रहेको गीतमा माया, पिरती र माइती घरको भावनात्मक सम्बन्धलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ ।
गीतमा गायक–गायिका सरोज लामिछाने, संगम थापा, सानु केसी, विमल ठकुरी, कोपिला तामाङ वाईवाई, रचना रिमाल, सर्गम शाही जोशी, स्मृति गौतम, शारदा रसाइली र नारायण दङ्गालको स्वर छ । संगम थापाको लय रहेको गीतको एरेन्ज नारायण दङ्गालले गरेका हुन् ।
गीतको भिडियो निर्देशन उमेश कार्कीले गरेका छन् । रूपेश दानी, रोशन दानी, सरिता थापा, सबिन थापा, रिनुका आलेमगर, सलिसा ठकुरी, सुदिप विडारी, विनिता दाहाल, अप्सरा ओली, राम खड्का, आभास देव र बाल कलाकारमा रेगन दानी र रोनिका बखतीको भिडियोमा अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण