जनसमर्थनबाटै पार्टी सुरक्षित हुन्छन्: मुख्यमन्त्री कँडेल
सारांश
- मुख्यमन्त्री यामलाल कँडेलले जनताको समर्थन नै पार्टीको अस्तित्वको आधार भएको बताए।
- उनले कार्यकर्तालाई उच्च मनोबलका साथ जनतामाझ पुग्न आग्रह गरे।
- कँडेलले आगामी राजनीतिक यात्रा सजिलो नभएको र कमजोर चेतनाले निराशा बढ्ने बताए।
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) नेता यामलाल कँडेलले जनताको विश्वास, भरोसा र समर्थनले मात्रै पार्टी सुरक्षित हुने बताएका छन् ।
सोमबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित एमाले जिल्ला सचिवालयको बैठकमा उनले इतिहासमै पहिलोपटक भएको राजनीतिक असुरक्षाको स्थितिमा जनताको समर्थन नै पार्टी अस्तित्वको आधार हुने बताए । नेता कँडेलले भने, “जनताको घर–घरमा पुगौँ । वर्तमान अवस्था र आगामी राजनीतिक चुनौतीबारे बुझाऔँ । जनसमर्थनबाट दलहरूको बलियो बन्न सक्छन् ।”
उनले हालको समय अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै कार्यकर्तालाई उच्च मनोबलका साथ सक्रिय हुन आग्रह गरे । “राजनीति भनेको जनसम्पर्क हो, जनता नै हाम्रो शक्ति हुन् । गाउँ–गाउँ, टोल–टोलमा पुगेर पार्टीको नीति, उद्देश्य र भविष्यको योजना जनतासामु पुर्याऔँ”, कँडेलको भनाइ थियो ।
अबको राजनीतिक यात्रा सजिलो नभएको औँल्याउँदै मुख्यमन्त्री कँडेलले कमजोर राजनीतिक चेतनाले पलायन र निराशा बढ्ने तर्क गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण