इलाका प्रशासन लहानबाट राहदानी सेवा पुनः नियमित
सारांश
- लहानस्थित इलाका प्रशासन कार्यालयले जेनजी आन्दोलनका कारण बन्द भएको राहदानी सेवा पुनः सुरु गरेको छ।
- कार्यालयले राहदानी विभागबाट प्राप्त उपकरण जडान गरी सोमबारबाट सेवा सुरु गरेको हो, तर प्राविधिक समस्याका कारण पूर्ण सेवा दिन सकेन।
- अहिले शाखाले दैनिक ५० जनालाई सेवा दिने व्यवस्था गरेको छ र राष्ट्रिय परिचयपत्रको सेवा पनि सुरु भइसकेको छ।
सिरहा । सिरहाको लहानस्थित इलाका प्रशासन कार्यालयले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटपछि बन्द रहेको राहदानी सेवा पुनः नियमित गरेको छ । कार्यालय प्रमुख उपसचिव वेदनिधि खनालका अनुसार आवश्यक विद्युतीय उपकरण पुनः जडान भएसँगै सोमबारदेखि सेवा औपचारिक रूपमा पुनः सुरु गरिएको हो ।
“अब नियमित रूपमा राहदानी सेवा दिन थालिएको छ”, उनले भने, “राहदानी विभागबाट प्राप्त कम्प्युटर सेट, स्क्यानर, क्युआर रिडर, सिग्नेचर प्याड, स्ट्यान्ड र क्यामेरासहित विभागसँग लिङ्क रहेको इन्ट्रानेट जडान भएपछि सेवा पुनः सुरु भएको हो ।” तर सोमबार ‘वेब साइट’मा प्राविधिक समस्या देखिएकाले सो दिन पूर्ण सेवा दिन नसकिएको जनाउँदै उनले आजबाट भने पूर्ण रूपमा सेवा सुरु हुने जानकारी दिए ।
प्रमुख खनालका अनुसार अहिले शाखाबाट दैनिक ५० जनालाई सेवा दिने व्यवस्था गरिएको छ । सेवा सञ्चालनसँगै अनलाइन फर्म रुजु गर्ने, बायोमेट्रिक विवरण लिने कार्य सुरु भएको छ । “यदि सेवाग्राहीले अनलाइन फर्ममा दिएको विवरण र राष्ट्रिय परिचयपत्रमा उल्लेख विवरण मिल्यो भने सम्बन्धित सेवाग्राहीको मोबाइलमा सन्देशमार्फत जानकारी पठाइनेछ”, उनले जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा लुटिएको राष्ट्रिय परिचयपत्र शाखाको क्यामेरा फिर्ता भएपछि भने इलाकाले असोज ५ गतेदेखि नै राष्ट्रिय परिचयपत्रको सेवा सुरु गरिसकेको थियो । कार्यालयका शाखा अधिकृत सन्तोष रायका अनुसार अहिले दैनिक करिब ७० जनासम्मको विवरण दर्ता गर्नेगरी सेवा प्रवाह भइरहेको छ, जुन आन्दोलनअघि करिब डेढ सय जनासम्म पुग्ने गरेको थियो ।
उक्त आन्दोलनका क्रममा कार्यालयमा भएको सामान्य आगजनी र तोडफोडबाट करिब रु १५ लाखबराबरको क्षति पुगेको प्रमुख खनालले जानकारी दिए । इलाका प्रशासन कार्यालयले सिराहाको धनगढीमाई नगरपालिकाको १२, १३, १४, लक्ष्मीपुरपतारी गाउँपालिकाको २ र ६, नवराजपुर गाउँपालिकाको १, सखुवानन्कारकट्टी र भगवानपुर गाउँपालिकाको १ देखि ५ नं वडासहित लहान नगरपालिकाको १ देखि २४ नं वडाका नागरिकलाई सेवा दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण