स्वास्थ्य बीमा बोर्डः फलोअपका लागि बारम्बार ‘रिफरल’ लिनुपर्ने झन्झट हट्यो
सारांश
- स्वास्थ्य बीमा बोर्डले जटिल रोगका बिरामीहरूलाई फलोअपमा रिफरल लिनुपर्ने झन्झटबाट मुक्त गरेको छ।
- क्यान्सर, मुटु रोग, मृगौला रोग जस्ता कडा रोग र अन्य विशेष अवस्थाका बिरामीहरूलाई यो सुविधा प्रदान गरिनेछ।
- बोर्डले अस्पतालहरूलाई बिरामीको फलोअप मिति उल्लेख गर्न र क्लेम नम्बर अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ।
काठमाडौं। स्वास्थ्य बीमा बोर्डले बिमितहरूले जटिल तथा कडा रोगका साथै विशेष अवस्थाका बिरामीहरूलाई फलोअप उपचारका क्रममा पटक–पटक ‘रिफरल’ लिनुपर्ने झन्झटबाट मुक्त गराएको छ।
रिफरल सेवाबारे प्राप्त लिखित तथा मौखिक गुनासाहरूको सम्बोधन गर्दै बोर्डले यो निर्णय गरेको जनाएको छ।
अब क्यान्सर, मुटु रोग, मृगौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकल सेल एनिमिया, पार्किन्सोनिज्म, अल्जाइमर जस्ता कडा रोगहरूको हकमा पहिलो पटक प्रेषण (रिफरल) भई उपचार गराएपछि सोही समस्याका लागि सोही अस्पतालमा फलोअप गर्दा पुनः प्रेषण लिनु नपर्ने व्यवस्था गरिएको छ। यसबारे बोर्डकी उप–सचिव पुण्यमाया गुरागाईंले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
त्यस्तै, अति गरिब परिचयपत्र प्राप्त परिवार, अति अशक्त अपाङ्गता भएका व्यक्ति, कुष्ठरोगी, एचआईभी सङ्क्रमित, जटिल खालका क्षयरोगी, ७० वर्ष वा सोभन्दा बढी उमेरका जेष्ठ नागरिक तथा महिला स्वास्थ्य स्वयंसेविकाको हकमा पनि पहिलो पटक प्रेषण भई सोही अस्पतालमा फलोअप गराउँदा पुनः प्रेषणको आवश्यकता नपर्ने व्यवस्था गरिएको छ।
आँखा स्वास्थ्यसम्बन्धी जटिल समस्या, गर्भवती तथा सुत्केरी महिला, दम रोग र कडा किसिमका मानसिक रोग भएका बिरामीले पनि पहिलो पटक प्रेषण गराएपछि सोही अस्पतालमा फलोअपका लागि पुनः रिफरल लिनु नपर्ने उल्लेख गरिएको छ।
आकस्मिक सेवा लिएपछि सोही रोगको फलोअप आवश्यक परेमा एकपटक मात्र प्रेषण गरे पुग्ने व्यवस्था गरिएको छ। साथै, माथि उल्लेखित रोग तथा समूहबाहेक अन्य जुनसुकै एक रोगका बिरामीले पनि पहिलो पटक प्रेषण लिएर सोही रोगको फलोअपमा जाँदा नयाँ रिफरल आवश्यक नपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, प्रथम सेवा बिन्दुबाट कुनै एक रोगका लागि प्रेषित भई उपचार गरिरहेको क्रममा अर्को रोग पनि पहिचान भएमा सोही अस्पतालको अर्को विभागमा रिफर गरी सेवा उपलब्ध गराउनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। यसरी अन्तर–विभागीय प्रेषण भई अन्य विभागबाट सेवा लिएपछि फलोअप गर्नुपर्ने अवस्थामा पनि पुनः रिफरल लिनु नपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ।
बोर्डले अस्पतालहरूलाई बिरामीको प्रेस्क्रिप्सन पुर्जामा पुनः फलोअप आउनुपर्ने सम्भावित मिति वा महिना अनिवार्य उल्लेख गर्न निर्देशन दिएको छ। साथै, पहिलो पटक प्रेषित भई आएका बिरामीको क्लेम नम्बर प्रत्येक पटक क्लेम गर्दा अनिवार्य रूपमा उल्लेख गर्न पनि निर्देशन दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण