फोरेन्सिक जाँचबाट विपिन जोशीसहित दुई जनाको शव पुष्टि
मङ्गलबार, २८ असोज २०८२, १६ : २४
सारांश
- इजरायल डिफेन्स फोर्सले नेपाली नागरिक विपिन जोशीको शव पुष्टि गरेको छ।
- हमासको नियन्त्रणमा मारिएका इजरायली नागरिक र विपिनको शव परीक्षणपछि पुष्टि भएको हो।
- परिवारलाई जानकारी दिई शव अन्तिम संस्कारका लागि जिम्मा लगाइनेछ।
काठमाडौँ । इजरायल डिफेन्स फोर्सले फोरेन्सिक जाँचबाट नेपाली विपिन जोशीसहित दुई जनाको शव पुष्टि भएको जनाएको छ । हमासको नियन्त्रणमा मारिएका इजरायली नागरिक गाय इलौज र नेपाली विद्यार्थी विपिन जोशीको शव प्राप्त भएपछि फोरेन्सिक जाँच हुँदा उनीहरूको शव पुष्टि भएको फोर्सले जनाएको छ ।
समाचार अनुसार, दुवैका परिवारलाई यसबारे आधिकारिक रूपमा जानकारी दिइसकिएको छ भने अब अन्तिम संस्कारका लागि शव परिवारलाई जिम्मा लगाइनेछ ।
हमासले सोमबार साँझ फिर्ता गरेका अन्य दुई बन्धकका अवशेषहरूको पनि पहिचान गरिएको फोर्सले जनाएको छ । तर ती व्यक्तिहरूको परिचय सार्वजनिक गर्ने तयारी अझै नसकिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण