मधेसका मुख्यमन्त्रीको राजीनामा स्वीकृत
मङ्गलबार, २८ असोज २०८२, १६ : ३३
सारांश
- मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छन्।
- प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले राजीनामा स्वीकृत गरेकी छन्।
- अर्को व्यवस्था नभएसम्म मन्त्रिपरिषद्ले कार्यभार सम्हाल्नेछ।
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दिएको राजीनामा स्वीकृत भएको छ । मंगलबार प्रदेशसभालाई सम्बोधन गर्दै सिंहले राजीनामा दिएका थिए ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक विज्ञप्ति जारी गर्दै सिंहले नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार मुख्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको जानकारी दिएकी छन् ।
साथै नेपालको संविधानको धारा १६९ उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको प्रमुख प्रमुख कार्यालयको तर्फबाट निजी सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण