एन्फाले शहिद स्मारक ए डिभिजन लिग 'होम एन्ड अवे' प्रणालीमा तत्काल नगर्ने
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले शहिद स्मारक ए डिभिजन लिग 'होम एन्ड अवे' प्रणालीमा तत्काल नगर्ने भएको छ ।
मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै एन्फाले ए डिभिजन क्लबको सुझावका आधारमा तत्कालका लागि होम एन्ड अवे प्रणालीमा लिग नगर्ने निर्णयमा पुगेको जनाएको हो ।
एन्फा महासचिव किरण राईले होम एन्ड अवेमा खेल खेल्नका लागि क्लबहरूले १० महिनाको समय माग गरेको र अन्य तयारी समेत गर्नुपर्ने भएकाले तत्कालका लागि होम एन्ड अवे प्रणालीमा ए डिभिजन लिग नगर्ने निर्णयमा पुगिएको जानकारी दिए ।
लिग होम एन्ड अवे प्रणालीमा नभएपनि अन्य प्रणालीमा लिग सञ्चालनका लागि छठ पछाडि क्लबहरूसँग छलफल गर्ने उनले बताए ।
महासचिव राईले मिति तलमाथि हुने भएपनि ए डिभिजन लिग गर्नका लागि एन्फाले तयारी गर्ने उल्लेख गरे । ए डिभिजन लिगका साथै राष्ट्रिय लिगका बारेमा पनि छलफल भइरहेको भन्दै यसको आवश्यक निर्णय एन्फा बैठकले गर्ने उनको भनाइ छ ।
यसअघि ए डिभिजनका क्लबहरूले होम एन्ड अवे फरम्याटमा यस सिजनको लिग खेल्न आफूहरू तयार नरहेको जनाएका थिए ।
लिग सञ्चालनको लागि टाइमलाइन बनाएर अघि बढ्नुपर्ने माग क्लबहरूले राखेपछि होम एन्ड अवे प्रणालीबाट एन्फा पछि हटेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण