बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु

मङ्गलबार, २८ असोज २०८२, १९ : ११
मङ्गलबार, २८ असोज २०८२

सारांश

  • हमासको आक्रमणमा मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ।
  • परराष्ट्र मन्त्रालयका सचिव र इजरायलका अधिकारीबीचको टेलिफोन वार्तामा शव नेपाल पठाउने प्रक्रियाबारे जानकारी दिइयो।
  • इजरायलस्थित नेपाली दूतावासका अनुसार, जोशीको शव रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरिएको थियो र पहिचान भयो।

काठमाडौँ । हमासको आक्रमणबाट मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ । 

परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले मंगलबार इजरायलका परराष्ट्र मन्त्रालयका महानिर्देशक बार तालसँग टेलिफोन वार्ता गरेका छन् । 

सो वार्ताको क्रममा महानिर्देशक बारले हमासको कब्जामा रहेको जोशीको निधन भएको र उनको शव पहिचान भइसकेको जानकारी गराउँदै जोशीको शव नेपाल पठाउने प्रक्रिया सुरु भएको जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

हमासले विपिन जोशीको शव असोज २७ गते रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरेपछि तेल अविवस्थित फरेन्सिकमा शव पहिचान भएको इजराइलस्थित नेपाल दूतावासले जानकारी गराएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

नेपाल सरकारले विगत दुई वर्षदेखि विपिन जोशीको सकुशल रिहाइका लागि कूटनीतिक तहमा निरन्तर प्रयास गर्दै आएको थियो । तर इजरायल र हमासबिच युद्ध विरामपछि २०२५ अक्टोबर १३ मा भएको भर्चुअल बैठकमार्फत इजरायली अधिकारीहरूले जोशी रिहा हुने बन्दीहरूको सूचीमा नरहेको र उनको अवस्था अज्ञात रहेको जानकारी दिएका थिए ।

शव नेपाल ल्याइसकेपछि उनको मृत्युका कारण र परिस्थितिको सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन तथा परिवारले पाउनुपर्ने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बीमा र अन्य सुविधाका लागि आवश्यक पहल जारी राखिने मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप